२६४५ औं वुद्ध जयन्तीको अवसरमा अस्ट्रेलियामा बर्षैभरी रक्तदान गरिने

वुद्ध जयन्तीको अवसरमा बिशेष गरी मेलबर्नमा केही बर्षदेखि गरिंदै आएको रक्तदान कार्यक्रम यो बर्ष भने अस्ट्रेलियाका अधिकांश मुख्य शहरहरुमा बर्षैभरी गरिने कार्यक्रम छ । हालसम्म मेलबर्न र क्यानबेरामा रक्तदान गरिसकिएको छ र रक्तदानमा सहभागी भएकाहरुले प्लाज्मा दिनेले दुई हप्ता र रक्तदान गर्नेहरुले चार हप्तापस्चात पुन: दिन सक्ने भएकाले आ-आफ्नो अनुकूलता अनुरुप फेरि फेरि पनि रक्तदान गर्नेछन ।

सिड्नीमा गोरखा समाज अस्ट्रेलिया, ताज्मानियामा नेप्लिज ताज्मानिया स्पोर्टस एसोसियशनले पनि यो कार्यमा ऐक्यबद्धता जनाउनेछन भने एडिलेड, डारविन, पर्थ र क्विन्सल्याण्डमा पनि ऐक्यबद्धता जनाउने प्रतिबद्धता जाहेर गरेका छन ।

वुद्धको जन्मस्थल बिषयमा विस्वब्यापी दिग्भ्रम सिर्जना भएका कारण अभियानले हालमा वुद्धको जन्म नेपाल भएकोले वुद्ध जन्मलाई आधार मानेर सोही अनुरुपको संख्यालाई वुद्ध जयन्ती मान्न अनुरोध गर्दै आएको छ, जबकि पहिला वुद्धको महापरिनिर्माणलाई आधार मानेर मान्ने गर्थे । अत: यो बर्ष २६४५ औं वुद्ध जयन्ती मनाउनु सान्दर्भिक हुन्छ । जयन्ती भन्ने बित्तिक्कै जन्मकै आधारमा मनाउने विस्वब्यापी प्रचलन भएकोले पनि यो अवधारणा सही हो । रक्तदानको क्रममा अभियानले आफ्नो यो अबधारणालाई पनि अभियानकै रुपमा निरन्तरता दिने गरेको छ ।