सबितालाई न्याय माग्दा आयो ज्यान मा,,,,,र्ने धम्की (भिडियो सहित)

सविता भण्डारीको न्यायका लागी पहिलोपटक टिकटकमा भिडियो बनाउने मनु खड्कालाई मध्यरातमा ज्यान मार्ने धम्की दिएको भन्दै प्रमाण सहित मिडियामा आएकी छिन । ससुरा ले बुहारी को गोप्य अङ्गमा छुने जस्ता नराम्रा हर्कत गरेका भिडियोहरु एकाएक मिडियामा आएपछि अहिले माहोल तातिएको छ । परिवारभित्रै असुरक्षित बनेका छन नेपालमा महिलाहरु भन्दै धेरैले यस घटनाको विरोध गरेका छन् । आफ्नै बुहारीमाथि कुदृष्टि लगाउने ससुरालाई देशव्यापी रुपमा कडा कारबाहीको माग भइरहेको छ । यद्यपि घटना निकै रहस्यमय रहेकाले प्रहरीले अनुसन्धान गरिरहेको छ ।

के हो त वास्तविकता त्यो आउन बाँकी नै रहेको छ । सबिता भण्डारीको माइतीपक्षले ह त्या नै गरेको हो भन्दै न्यायको माग गरिरहेका छन् । घटनाको प्रकृति हेर्दा आफै गरेको आत्महत्या होइन भन्दै देश तथा विदेशमा रहेका धेरै नेपालीहरुले चौतर्फी विरोध गर्दै आएका छन् । बुहारीलाई ससुराले छोरीको रुपमा हेर्नुपर्ने तर आफ्नै छोरी समान बुहारीलाई पटकपटक दुर्व्यवहार गरेपछि सहन नसकेर यस्तो भएकाे भन्ने अड्कल पनि धेरैले गरेका छन । सबैले आफ्नो आफ्नो धारणा राखिरहेका छन । यो विषयलाई लिएर सबैले पिडित परिवारले न्याय पाउनुपर्छ भनेर लागिपरेका छन । टिकटकमा पहिलोपटक सविता भण्डारी को विषयमा मनु खड्काले बनाएको भिडियो एकाएक चर्चित बनेको थियो । सविताको बहिनीले भनेअनुसार सम्पूर्ण कुराहरुलाई छोटो भिडियोमा समावेश गरिएको थियो उक्त भिडियोलाई धेरैले मन पराएका थिए । त्यहीबाट अन्य धेरै टिकटकरहरुले भिडियो निर्माण गरेका थिए । चौतर्फी सविताको न्यायकाे माग भइरहेको छ । मनु खड्कालाई भने मध्यरातमा धम्की आएको र आफु असुरक्षित भएको भन्दै प्रमाण सहित मिडियामा आएर यस्तो सम्म सुनाइन तलको भिडियो हेर्नुहोला । उनले आफू सत्यको पक्षमा रहेको र आफू मर्नु परे पनि पछि नहट्ने सधैं ल्याएकोमा गरिरहने बताउँदै उनलाई धम्की दिने लाई ठाडो चेतावनी दिएकी छिन तलको भिडियोमा हेर्नुहोला |

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.