एडण्वरा स्कटल्याण्ड बाट शशि कार्की द्वार सिन्धुली जिल्ला मरिण गाउँपालिकालाई स्वास्थ सामग्रीको सहयोग।

एडण्वरा स्कटल्याण्ड, बिजय डंगोल

पुर्ब विद्यार्थी समाजका कपिलाकोट माध्यामिक बिद्यालय सिन्धुली द्वारा मरिण गाउँपालिकालाई स्वास्थ सामग्री हस्तान्तरण गरिएको छ ।
एडण्वरा स्कटल्याण्ड निवासी शशी कार्की का जनकारी अनुसार, उहाँहरू सवै देश तथा बिदेशमा भएका कपिलाकोट माध्यमिक बिध्यालयमा अध्यन गरेका पूर्व बिधार्थी सथीहरु मिलेर गरेको सहयोग हो।
शशी कार्की जो एडण्वरा बाट मात्रै रु. ३५,००० (पैतिस हजार) को १ बेड सेट को रकम सहयोग प्रदान गरेका थिए, जसमा कम्प्लिट बेड १ थान, सिलिन्डर १ थान, रेगुलेटर बेड ड्लप र पिलो गरी १ थान रहेकोछ ।
समाजले कोरोना भाइरसको संक्रमणका कारण देशका विभिन्न स्थानमा मानिसहरु प्रभावित भएको कारण संसारभरका सम्पूर्ण नेपाली हरू यस बिषम परिस्थितिमा उपचारमा सघाउन पुर्‍याउनको लागि सक्दो सहयोगको प्रयास भइरहेको छ।
उक्त प्राप्त सम्पुर्ण स्वास्थ्य सामाग्री मरिण गाउँपालिका अध्यक्ष पानीराज बम्जनलाई हस्तान्तरण गरिएको हो र सम्पुर्ण संकलित स्वास्थ्य सामाग्रीका सामानहरू सबै स्थानिय निकायमा न्यायपूर्ण रुपमा वितरण गरिएको कुरा अध्यक्ष पानीराज बताउँछन्।
कोभिडको समयमा अति आवश्यक पर्ने विभिन्न किसिमका स्वास्थ सामग्री कपिलाकोट माध्यमिक विद्यालय सिन्धुलीका पुर्ब विद्यार्थी समाजका अध्यक्ष जगत प्रसाद पन्त लगायतको टोलीले स्वास्थ सामग्री गाउँपालिकाका अध्यक्षलाई बुझाएको हो।
उक्त प्राप्त स्वास्थ सामग्री अध्यक्ष पानीराज बम्जनले कपिलाकोट प्राथमिक स्वास्थ केन्द्र लाई हस्तान्तरण गरिएको छ ।
स्वास्थ्य सामाग्री हरू:
१. आइसोलेसन २०० सय थान
२. पल्स अक्सिमीटर १० थान
३. अक्सिजन सिलिन्डर (१० लि)८ थान
४. वेड सेट ८ थान
५. अक्सिजन माक्स ८ थान
६. अक्सिजन रेगुलेटर ८ थान
७. पिपिई सेट ५ थान रहेको छ।
पुर्ब विद्यार्थी समाजले, महामारीको रुपमा फैलिएको कोरोना भाइरस उपचार र बिरामीहरुलाई स्वास्थ सामग्री को अभाव नहोस भन्ने उदेश्यले स्वास्थ सामग्री हस्तान्तरण गरेको पुर्ब विद्यार्थी समाजका सदस्य रुद्र पौडेलले जानकारी दिएको छ।
कपिलाकोट माध्यामिक बिद्यालयका शशी कार्की लगायत सम्पूर्ण पुर्व बिध्यार्थीलाइ यस बिषम परिस्थिति मा सहयोग गरिदिन भएकोमा सम्पूर्ण स्कटलैन्ड नेपालीवासी धन्यवाद दिन चाहन्छ।
यसरी आफुले अध्ययनरत सिन्धुली जिल्लाको बिध्यालय मार्फत मरीण गाउपालिका को स्वास्थ्य चौकी लाइ सहयोग गर्न पाउदा निकै खुसी भएको कुरा शशि कार्की बताउँछन् र साथै आवश्यक परेमा सहयोग प्रदान गर्न सधैं तत्पर रहने बताएका छन्।