सम्झना राउटेलाइ होटल लाने केटालाई यस्तो सजाय हुने, दाइले खोले त्यो केटाहरुको नसोचेको गोप्री रहस्य(भिडियो सहित)

सुर्खेतको गुर्भाकोट नगरपालिका–११ आँपसोती जनैघाटमा बस्दै आएका राउटे समुदायका दुई युवतीमाथि शनिबार राति स्थानीय युवाहरूले यौन दुर्व्यवहार गरेका छन् । राति ९ बजेतिर उनीहरूले दुर्व्यवहार मात्रै गरेनन्, ती युवतीमाथि यौन शोषण गरेको भिडियोसमेत बनाएर सामाजिक सञ्जालमा अपलोड गरे ।उक्त भिडियो शनिबार राति भाइरल भएपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । तीन युवकले मदिरा सेवन गरी युवतीलाई पनि मदिरा खुवाएर दुर्व्यवहार गरेको भिडियोमा देखिन्छ ।

युवतीहरूलाई फकाएर होटलमा लगेर यौन दुर्व्यवहार गरेको भिडियो भाइरल भएको भोलिपल्ट आइतबार प्रहरीले गुर्भाकोटस्थित मेहेलकुना होटलका सञ्चालक २९ वर्षीय विनोद पुन, गुर्भाकोट–९ का ३५ वर्षीय दमनबहादुर घर्ती र २४ वर्षीय भूपेन्द्र बुढालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तीका अनुसार पक्राउ परेकाहरूमाथि अनुसन्धान भइरहेको छ । ‘अहिले सोधपुछ भइरहेको छ,’ उनले भने, ‘अहिले नै यो घटनाबारे विस्तृत रूपमा भन्ने अवस्था छैन । कारबाहीको प्रक्रिया अगाडि बढिसकेको छ ।’ सामाजिक अभियन्ता कुमार राइले यस बिसयमा चर्को आवाज उठाएका छन् ।