‘जून हौ तिमी’ कुमुद र जानकीको चलचित्रको नयाँ गीत सार्बजनिक हेर्नुहोस भिडियो

काठमाडौं । लामो समय देखी बेलायतमा बस्दै आउनु भएको मन को धनि समाज सेवी / नायक कुमुद पन्त र जानकी पन्तको चलचित्रको एउटा मीठो जुन हौ तिमी बोलको प्रेमिल गीत कुमुद इन्टरटेन्टमेन्टबाट बजारमा आएको छ।

उक्त गीत गीतकारमा समेत आफ्नो राम्रो छवि बनाइसकेकी समाजसेवी जानकी पन्त (जून)ले खुबै मीठो गाएकी छन भने पुरुष स्वर अनि संगीत बिश्वास नेपालको रहेको छ।

यो गीतमा चलचित्रका नायक समेत रहेका कुमुद पन्त र पुजा किमायाको अभिनय रहेको छ्र । नायक कुमुद पन्तको आफ्नै कम्पनीबाट आउँदै गरेको उक्त चलचित्रको नाम (लव मे) रहेको छ।

उक्त गित युटुब मा रिलिज हुदै गर्दा दर्शक हरुले निकै रुचाएको देखिन्छ ।

हेर्नुहोस भिडियो :