५७ वर्षमा लागे हमाल ! आज राजेश हमालको जन्मदिन !

नेपाली चलचित्र क्षेत्रमा महानायकको उपाधि पाएका राजेश हमाल आजदेखि ५७ वर्षमा लागेकाक छन् । विस २०२१ साल जेठ २५ गते पाल्पाको तानसेनमा उनको जन्म भएको हो । युगदेखि युगसम्म भन्ने चलचित्रबाट नेपाली फिल्म क्षेत्रमा हात हालेका हमालले केही समयअगाडीसम्म नेपाली चलचित्र क्षेत्रमा एकछत्र राज गरेका थिए तर पछिल्लो समयमा भने उनी टेलिभिजन प्रस्तोता र केही म्यूजिक भिडिओहरुमा अभियन गरिरहेका छन् ।

एक वर्षमा उनले औसत १०-१२ वटा सम्म चलचित्रहरूमा उनले अभिनय गर्ने गरेका थिए भने सन् १९९४ मा उनले १६ वटा चलचित्र सम्ममा अभिनय गरेका थिए । ३ दशकको अवधिमा उनले २ सय भन्दा बढी नेपाली र १ पाकिस्तानी चलचित्रमा अभिनय गरेका छन् ।

सेन्ट जेभियरमा ८ कक्षासम्म पढेका उनले विद्यालय स्तरिय शिक्षा मस्कोबाट उत्तिण गरेका हुन् भने उच्च शिक्षा (एम. ए अङ्ग्रेजी) भारतको पञ्जाब विश्वविद्यालयबाट पुरा गरेका हुन् । उनका पिता चुँडा बहादुर हमाल विभिन्न देशका लागि नेपालको तर्फबाट राजदुत भएका थिए । देश विदेशमा अध्ययन गरेको भएर नै हमाल अँग्रेजी भाषामा पोख्त नायकका रुपमा परिचित छन् ।

श्रीमती मधु भट्टराईका साथ राजेश हमाल । लामो समयसम्म अविवाहित भएका राजेश हमालको नाम धेरैजनासँग जोडिएको भएतापनि सन् २०१४ मा उनले मधु भट्टराईसँग विवाह वन्धनमा बाँधिएका हुन् । बिवाह अगाडी “तपाइको बिवाह कहिले” भन्ने सञ्चारकर्मीको प्रश्नको सामना गरेका हमालले अहिले भने जुनियर हमाल कहिले भन्ने प्रश्नको सामना गरिरहेका छन् ।