शान्ती श्री परियार र अन्जली अधिकारीको “बाउकी छोरी” सार्वजनिक (भिडियो)

काठमाडौ । केही समय अगाडि लोक गित सस्कृति भनेपछि मुन्टो बटार्ने केही जमात थिए जस्ले यो क्षेत्र र यहा उत्पादन हुने गित खासै मन पराएको देखिदैन्थ्यो । तर आज यहि लोक गित भनेपछि हुरुक्कै हुने बेला आएको छ । नेपाली दर्शकहरु खोजी खोजी लोक गित सुन्न थालेका छन । हो आज पनि त्यही तपाईहरुले खोजेको नया“ गित लिएर आएका छौ । हेरौला साइलीको ढंग बोलको यो गितमा आवाज रहेको छ चर्चित गायिका शान्तीश्री परियार र पृथ लाल बिकको भने शब्द स्वयम पृथकै रहेको छ । जस्मा संगित रहेको छ सुदिप जोशीको भने यो गितलाई एस स्टुडियो काठमाडौमा रेकर्डिङ गरिएको होे ।

भिडियोतिर भने चर्चित मोडल अन्जली अधिकारीको अभिनय साथमा सुदिप जोशीको पनि रहेको छ भने जस्लाई दिपक गिरीले खिचेका छन भने सम्पादन अमृत चापागाईको रहेको छ । साथमा निर्देशन सन्जय धमलाले गरेका छन । मौलिकता बोकेको यो गित सफल हुनेमा निर्माणपक्ष बिश्वस्त छ भने दर्शकहरुले रुचाईदिनुहुन्छ भन्ने आशा पनि भरपूर छ, हेरौ —