कोरोना संक्रमित गर्भवतीले सुरक्षित रुपमा जन्माइन बच्चा- भिडियो

कोरोना संक्रमित विराटनगरकी एक गर्भवती महिलाले सुरक्षित रुपमा बच्चा जन्माएकी छन् । न्यूरो हस्पिटलको विस्तारित शाखा मदर एण्ड चाइल्ड्स अस्पतालमा संक्रमित महिलाले शनिबार नर्मल डेलिभरीबाट बच्चालाई जन्म दिएकी हुन् ।

३३ वर्षीया महिलाको कोखबाट जन्मिएकी शिशु छोरी र आमाको अवस्था सामान्य रहेको मदर एण्ड चाइल्ड अस्पतालले जनाएको छ । कोरोनाको कहरको बीचमा मदर एण्ड चाइल्ड अस्पतालका वरिष्ठ प्रसुति तथा स्त्री रोग विशेषज्ञ डा.सुभद्रा अग्रवालको नेतृत्वमा नर्मल डेलिभरि मार्फत बच्चा जनमाइएको अस्पतालका प्रशासनले जनाएको छ ।