सासु, बुहारी, नन्द, श्रीमान र ससुरा सबैले रुचाएको परिवार, बसेर खान्छन भन्नेहरुलाई यस्तो संदेश

पछिल्लो समयमा सामाजिक संजाल टिकटकमा भाइरल भएका सबैले मन पराएका सासु बुहारीको परिवार अहिले मिडिया मा आउनुभएको छ। सामाजिक संजाल टिकटकमा सासु बुहारी लाई धेरैले मन पराएका छन्। सुर्खेतको बिरेन्द्रनगर घर भएका यस सासु बुहारीलाई को परिवारलाई सबैले मन पराएका छन। टिकटक मा देखेका भिडियोहरुमा कुनै व्यक्तिहरुले आहा सासु बुहारी भनेको यस्तो पो हुनुपर्छ भन्दा उनिहरुलाई हौसला बढेको हुन्छ भने कुनै व्यक्तिहरुले भिडियोमा मात्र सासुबुहारी मिलेका हुन अरु बेला मिलेर बस्न सक्दैनन् भन्ने पनि प्रतिक्रिया दिदा हामी दुखि हुन्छौ भनेका छन्।

५ जनाको यस परिवार मा खुसियाली का साथ जिबन बितेको उनीहरु बताउछन्। आफुले नै खोलेको स्कुलमै सधै व्यस्त रहने यस परिवारले अहिले राम्रा राम्रा भिडियोहरु बनाएको देखिन्छ। क्रिस्टीका श्रीमान र ससुराले मेरा छोरि बुहारी श्रीमती जेमा खुशी हुन्छन त्यो नै हाम्रो खुशी हो पनि भनेका छन। सासुआमा कल्पना बोहोरा कार्कीको पुर्ख्यौली घर झापा भएता पनि उहा काम को सिलसिलामा सुर्खेत बसेपछि अहिले उहाको घर सुर्खेत नै छ। कल्पना बोहोरा कार्कीको परिवारमा एक छोरा र एक छोरि छन्। त्यहि एक छोराबाट बुहारी क्रिस्टी गौतम कार्की यस घरमा भित्रिएकि हुन्।

सासुआमा कल्पना का अनुसार हाम्रो घरमा बुहारी भित्रिएपछि हाम्रो घर धेरै नै शुभ भएको छ। मेरो लागि बुहारी मेरो छोरि हो। हामि सबैले बुहारीलाई छोरि मानेका छौ , उनले पनि हामीहरुलाई आफ्नै बुबाआमा मानेकी छिन्। हामि खुसियालीका साथ बसेका छौ। छोरि बुहारी सबैको पढाई राम्रो छ ,अहिले कोरोना ले गर्दा हामिहरु घरमा बसेका छौ। घरमा बसेको बेला अझै हामि नजिक हुनको लागि खुलेर बस्नको लागि टिकटक बनायौ।

बुहारी क्रिस्टी गौतम कार्की बिहे भन्दा पहिले नाच्न मन पराउने भएको हुदा उनको इच्क्षालाई कसरि मैले मार्न सक्छु र दिनभरि स्कुलमा पढाउने कामले गर्दा हाम्रो खुशीनै लुकेको जस्तो लाग्थ्यो , बुहारी आएपछि एक छिन् समय निकालेर एउटा भिडियो बनाएपछि सबैको खुशी आएको जस्तो लाग्ने हुनाले हामीहरु मिलेर भिडियो तयार बनाउने गर्छौ। र अहिले यो विसम परिस्थिति मा बाहिर जान पनि नमिल्ने भएको हुदा हामिहरु घरमै बसेर भिडियो बनाउछौ।