मकै पोल्ने आमाको कुरा सुनेर हाँस्दा हाँस्दा मुर्छा, ८८ बर्षकी आमाको यस्तो रमाईलो (भिडियो)

सडक छेउमा सानो छाप्रो, उमेरले करिब ९० पुग्न लाएकी एक बृद्ध आमा । आगो र चर्को घाममा पसिनै पसिना भएर मकै पोलिरहेकी छन् । यीनी हुन् सारा क्षेत्री । चारैतिर लकडान छ । घामबाट मात्र बच्नको लागी यो सानो ओझेल पारेर सडकको छेउमा तातो घाममा आगोसंगै खेल्दै उनका दिन बित्छन् । साराको साहारा कोही छैनन् । जिवनभर साथ दिने बाचा गरेका श्रीमान समेत १२ बर्ष अगाडी बिते भएका छोराछोरीले समेत छोडेर गए । गहभर आँसु पार्दै साराले आफ्ना बितेका श्रीमान याद गर्छिन् । उनका छोराहरु बाबुको क्रिया गर्न समेत आएनन् । अहिले छोरासंग भेट नभएको ६ बर्ष भयो । उनी पोखराको एक सडक छोउमा मकै पोलेर आफ्नो जिन्दगी काटिरहेकी छन् ।

सारा क्षेत्रीको घर पूर्व भोजपुर रहेछ । उनका बाबु भारतको कोलकत्ता बस्ने हुँदा उनी पनि कोलकत्तामै बसिन् । सानै उमेरमा बाबुको मृत्यूपछि उनी टुहुरो भईन् नेपाली दाजुभाईहरुले उनलाई पाले । अहिले पनि उनी आफ्नो बाबुआमा धेरै भएको सम्झछिन् । उनी भोजपुरबाट पोखरा आएको ३६ बर्ष भयो । बाबु छदा छोराहरु पनि थिए तर बाबुको मृत्युपछि छोराहरु कता गए गए । सम्पर्कमै छैनन् उनी भन्छिन् । उनको दिनचर्या दिउँसो सडक छेउमा बसेर मकै पोल्दै आएका ग्राहकहरुसंग गफ गर्दैमा बित्छ ।