भर्खरै यस्तो निर्णय, भिडियोमा हेर्नुहोस्, जेठ अन्तिमसम्म थपियो निषेधाज्ञा, के खुल्छ, के बन्द हुन्छ ?

काठमाडौँ : काठमाडौँ उपत्यकामा नि षेधाज्ञा जेठ ३१ सम्मको लागि थप गरिएको छ । बुधबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले जेठ ३१ गतेसम्म नि षेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो।

जेठ १४ बाट उपत्यकामा बन्द गरिएको किराना पसल तथा खाद्यान्नका डिपार्टमेन्ट स्टोर खोल्न दिने निर्णय गरिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए।

किराना र डिपार्टमेन्ट स्टोर, फलफूल र पुस्तक पसल बिहान ९ बजेसम्म खोल्न दिइने निर्णय गरिएको भट्टराईले जानकारी दिनुभयो । यस्तै, निर्माणका काम पनि सञ्चालन हुने भएका छन्। पनि, कठमाडौ। राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा विघटनकाे घाेषणा गर्नुभएकाे छ । गएराति संसद विघटनकाे घाेषणा भएसँगै आगामी कातिक २६ र मङ्सिर ३ गते गरी २ चरणमा मध्यावधि निर्वाचनको घोषणा गर्नुभएको छ ।

शुक्रबारै अबेर बसेकाे मन्त्रिपरिषद बैठकले प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचनको मिति घोषणा गर्न सिफारिस गरेको थियो । त्यसअघि राष्ट्रपतिले आह्वान गरेअनुसार संविधानकाे धारा ७६ (५) मबाेजिम नयाँ सरकार गठनका लागि विपक्षी गठबन्धन र स्वयं प्रधानमन्त्री केपी शर्मा ओलीले दाबी पेश गरिसकेका थिए । तर रातारात प्रतिनिधिसभा विघटन गरिएकाे हाे ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार नै प्रधानमन्त्री पदका लागि ओली र विपक्षी गठबन्धनका शेरबहादुर देउवाद्वारा परेकाे दाबी अस्वीकार गर्नुभएकाे थियाे । यसअघि पनि गत पुस ५ गते प्रधानमन्त्रीकाे सिफारिसमा राष्ट्रपति भण्डारीले संसद विघटन गरेपछि उक्त कदम असंवैधानिक रहेकाे ठहर गर्दै सर्वाेच्च अदालतले खारेज गरिदिएकाे थियाे ।