हामी केहि पाउदा अभिमानी बन्छौं भने राजा परोपकारी।

जानकी पन्त,

हामी केहि पाउदा अभिमानी बन्छौं भने राजा परोपकारी। हाम्रो रगतको सुगन्ध स्वार्थको हुन्छ भने राजाको आस्थाको। हामी हाम्रो कुरा गर्छौं भने राजाले देश र जनताको भलाइको अनि नेपाली स्वाभिमानको। हामी जीवन जिउन अरुको खोस्न तयार हुन्छौं भने राजा जनताको खुशीको लागि राजगद्दी त्याग्न पनि तयार हुन्छन। राजा संकटको बेला जनताको साहारा बनी दिन्छन्, एक मजबुत खम्बाको रुपमा अडिक हुन्छन।

हेर्दा दुबैको जीवन जिउने तरिका र जीवन चलाउने यथार्थतामा उहीँ उस्तै जस्तै लागेपनि दुईमा एक कर्म र अर्को धर्म साक्षी र साथीको रुपमा फरक छन। जस्को हेक्का कमैले गर्छन् । जुन हामीले बिर्सिएको कुरा हो। फलत आज हामी यहाँ जहातही स्वार्थी क्रूर ब्यबहार हरु र फोस्रा ढोंगी कुराहरु अनि निच स्वार्थी ब्यबहार हरु स्पष्ट देख्छौं । हामी आफ्नो आङको भैंसी देख्दैनौ अनि अरुको आङआङको जुम्रा पनि देख्छौं! समग्रमा आफुहरुलाई मात्र हेर्नेहरुले देश लाइ हेर्दैनन् । बास्तबिकता यहाँ यस्तै छ।

अत: स्वाभिमानपुर्वक गर्बले जिउने जीवन भैदिएन् भने जीवनको वास्तविक रंग सुगन्ध छचल्किन सक्दैन। यस्तोमा जीवनको लागि गाँस मात्र ठूलो हुन्छ जुन घाँस सरह मान्दा नि हुन्छ। कर्मले प्राप्त गर्ने, गराउने स्थान बनाउने यो जीवनको सोच हो। यसमा महत्त्व सोचकै हुन्छ। र सोचले, देशको लागि कसैलाई सालिक बनाउँछ भने गद्दारी सोच्नेहरुलाई मालिकको रुपमा चित्रण गराउँछ, देश र जनता लाइ दरिद्र बनाउँछ। यो आजको दु:खदायी यथार्थता हो। जस्को परिणाम यहाँ हामीले दिनहु भोगी रहेका छौ।
अन्तमा
ठीक बिष वर्ष अघि यसै दिन २०५८ जेठ १९ शुक्रबार रातको समय नारायणहिटी दरबारमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुतिसहित अन्य राजपरिवारका सदस्यहरुको एकै प्रकरणमा हत्या गरिएको थियो। अत्यन्तै बलियो सुरक्षा घेराभित्र अत्यन्त शक्तिशाली मानिएको राजपरिवारको वंशनाश एक कहालीलाग्दो दरबार हत्याकाण्ड को अहिले सम्म समाधान हुन नसकेको, आश्चर्यकै रुपमा रहँदै आएको छ । राजाले न्याय नपाएको देशमा जनताले न्यायको
के आश राख्नु? …
जेष्ठ १९ , २०५८ को कालो रातलाई नेपालीहरु पुर्णतया टुहुरा भएको, भाग्यमा सदा दुख, पिडा पोतिएको कालो रात मान्न सकिन्छ। जस्को उज्यालो सायदै अबका दिन कतै होला, सत्य धर्म फेरि आफ्नो स्थानमा फर्किएला भन्ने कल्पना मात्र गर्न सकिएला। किनकि आजका नेता र जनता अनि कार्यकर्ता का स्वार्थी छविले हामीलाई निराशा मात्र दिएका छन्। मात्र स्वार्थ र त्यसबाट सृजना गरेका भ्रष्टाचार आदि अरु जीवनमाथि गरिने अत्याचार खेलवाड आदिले नेपाल तपोभूमी नै होईन् कि भन्ने भ्रम पारेका छन्।

हुन त यस्को बीउको विजारोपण २०४६ सालको प्रजातन्त्र जस्मा राजाले जनता लाई दयामाया गरी स्वाभिमान साथ गरि खाउ भनि जनताको हातमा दिएको सत्ता र शासन लाइ अर्को अर्थमा लुछाचुडी खाउ भन्ने बुझिए बराबर भयो । फलत बादरको हातमा नरिवल सिद्द भयो। नेपाली स्वाभिमान लाइ सत्ता टिकाउने अभिमान मात्र बनाईयो। र राजनीति जेलनेल ढुङ्गामुढा गर्नुलाई हो कि भन्ने बुझाईयो। योग्यता, तालिम भनेको झुठको खेती गर्नलाई हो भन्ने ठहर गराइयो । राजनीति पेशा बनाइ भनाई र गराई फरक बनाइयो यहि बुझाईयो। फलत: २०४६ पछि जो जति ठुला नेता बनेका छन् त्यति यो देशका मालिक बनेका छ्न्। जस्को कुनै आम्दानी स्रोत छैनन् तिनीहरू नै अरबपती बनेका छन् । मानौं जनता रगत चुसिए सरह आमाको देह व्यापारमा राजनीति सकृय भए सरह भएको छ । नेपालमा राष्ट्रपति स्थापना हुनु केवल नाममा मात्र सिमित भएको छ । न कुनै घटनाको निकास जनता पाए न त राज्यले विकास नै पायो। राजा वंशज समाप्तिको आज २० औं वर्षमा पनि देश अभिषापित भई रहनु यो भविष्यको लागि शुभ संकेत होईन् ।

आज जनता कोरोना को महामारीमा अक्सिजन नपाई किराफट्याङ्ग्रा सरह दिनहु मरेका छन् अनि नेताहरु आफ्नो कुर्सि जोगाउनमा व्यस्त छन्। देश हाँक्नेहरु अब को प्रधानमन्त्री को बन्ने त्यही सल्लाहमा लागि व्यस्त छन्। आज राजा मरेको मारेको २० औं वर्षमा पनि आफ्नो लिलामी गर्न नै हामी राजनीति गरिरहेका हौं भन्ने स्पष्टता देखाई रहेका छन् । यस्तालाई भन्न मन लाग्छ थुक्क नरपिचासहरु हो ! अब त देश को लागि केहि सोच । अब त कर्मलाई धर्म मानी निष्ठा सत्यसंगत राष्ट्र निर्माणमा जुट। देशको उन्नति प्रगती नै नेताको रगत हुनुपर्छ भन्ने बुझ । एकदिन मर्नुछ, भोलि आफ्नै सन्तानले थुक्ने काम नेताको हुनु भएन् यति त बुझ । आज राजाकै स्मृति दिवसमा हामी आफुहरुलाई शुद्ध स्वच्छ राख्ने वाचा गरौं। आफ्नो रास्ट्र र आमा लाइ एकै देखौ, रास्ट्र प्रतिको आफ्नो जिम्मेवारी लाइ बुझौ। अनि यहिनै सच्चा श्रदान्जली हुनेछ।

देशको भलाइको लागि राजा अभिबापक हुनुपर्छ । जुगौदेखिको हाम्रो स्वाभिमान कायम राख्नुपर्छ यहि मेरो मान्यता छ । हाम्रा प्यारा स्वर्गीय राजा विरेन्द्र तथा परिवारजन प्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछु। 😭😭🇳🇵🌹❣💐🙏🙏
#जयदेशजयनरेश ✊

#janakipantjoon #जागनेपालीअभियान #जयस्वाभिमान #dedicatedtonation To be continued…