लकडाउनमा दाउरा लिन जादा कसैले नसोचेको भयो.. बुबा अपाङ्ग औषधी गर्ने पैसा भएन

पोखरा ७ घारीपाटनका सूर्य परियार एउटै थलो परेको करिब एक महिना भयो । कमाउने र परिवार पाल्ने छोरो नै यस्तो अवस्थामा भएपछि घरमा चुल्हो बल्नै छोड्यो । खाना पकाउने ग्याँस सकिएपछि सूर्य दाउरा खोज्न जंगल जाँदा उनी रुखबाट खसे र बेहोस् भए । पछि उनको कम्मर भन्दा तलको भाग चल्दैन । आर्थिक अवस्था निकै कमजोर भएकाले परिवारले उपचार गर्न सकेन । वडाको सिफारिस भएपनि सरकारी अस्पतालले समेत केही नगरि फर्काईदिएको परिवारले गुनासो गर्छन् । सूर्यका बाबु प्रेमबहादुरको पनि एउटा खुट्टा नै छैन बैशाखीको भरमा जीवन जीएका प्रेमबहादुरको परिवारमा झन बज्रपात भयो जब ठूलो छोरा पनि अपाङ्ग भए । उमेरले करिब ७० काटेकी छलिमाया परियार जवान छोरोको यो अवस्था देखेर भकानिदै रुन्छिन् । छोराको उपचार गरेर काममा फर्कने आस उनको छ तर पनि उनीहरुसंग पैसा छैन, पैसाको त कुरै छोडम घरमा खाने अन्न समेत छैन ।
उहाँहरुको रिर्पोटिङ गर्दै गर्दा हाम्रा पनि मन भकानिएर आयो । घरमा खानेकुरा केही छैन । मजदुरी कमाई गर्ने छोराहरु लकडाउनका कारण जान पाएका छैनन् । ठूलो छोरो ग्याँस सकिएपछि जंगलमा दाउरा खोज्न जाँदा लडेर अपाङ्ग भएका छन् उनी केबल बोल्न सक्छन् अरु केह ीगर्न सक्दैनन् । यस्तो नाजुग अवस्था देखिएपछि हाम्रो टिमले पनि उहाँहरुलाई सहयोग गर्ने सोच बनायो । हामीले जे सक्यौं त्यही प्रदान गर्यौ । हामीले दिएको एक बोरा चामलले उनको परिवार करिब १० दिन सम्म बाँच्न सक्छ । सुर्यको उपचारको साथ साथै परिवारको भोक मेटाउने केबल हाम्रो सानो प्रयास हो । तपाई हामी सबै मिल्यौ भने भोकालाई भोजन र सूर्यको सफल उपचारका लागी एक जुट हुन सक्छौं ? आउनुहोस् यो अभियानमा सहभागी बनौं ।