मकाउमा छायांकन गरिएको लघु चलचित्र ‘फर्की आउँला’ तयार, हेर्नुहोस् भिडियो

काठमाडौँ । वैदेशिक रोजगारको क्रममा विभिन्न देशमा रहंदा हरेक परवासीले उतार चढाव भोग्छ नै । यस्तै दुख सुखलाई समेटेर तयार पारिएको लघु चलचित्र ‘फर्की आउँला’को प्रोमो रिलिज भएको छ । लोकप्रिय टेलिशृङ्खला हिजोआजका कुरामा लामो समय काम गरि पछिल्लो समय विभिन्न देशमा वैदेशिक रोजगारीमा बिताएका कलाकार रमेश अधिकारीको कथामा लघु चलचित्र ‘फर्की आउँला’ निर्माण गरिएको हो ।

सामाजिक संजालमा देखिने हाइफाइ बिदेशी दृश्य भित्र लुकेका पीडा र परिस्थितिलाई कथामा समेटिएको निर्देशक तुला पर्वतले बताए । म्यूजिक भिडियाको कुशल निर्देशन गर्दै आएका चर्चित निर्देशक तुला पर्वतले यस लघु चलचित्रमा विदेशमा देखिने विषयबस्तुलाई जस्ताको त्यस्तै आँफुले पस्किएको बताए । चिनिया बिषेश प्रशासकिय क्षेत्र मकाउमा छायांकन गरिएको लघु चलचित्रमा रमेश अधिकारीसंगै श्रीराम पोखरेल, सागर अधिकारी, मोहन कुमार, सुरज अधिकारी, संगीता खनाल, सुनिता अधिकारी र प्रेम तामाङको अभिनय रहेको छ । जसको छायांकन र सम्पादन पनि निर्देशक तुला पर्वतले नै गरेका हुन् ।