दुबईको सडकमा भोकभोकै बिजोक नेपालीको,एजेन्टसंग पर्यो चर्काचर्की, डीबी लिम्बु र पत्रकारले यसरी थर्काए (भिडियो सहित)

भिजिट भिषामा रोजगारीका लागि लगिएका झापामा एक युवाको दुबईमा विजोग भएको छ। झापाकै सूर्य राजवंशीले राम्रो जागिर मिलाइदिन्छु भन्दै १ लाख ६० हजाररुपैयाँ लिएर स्थानीय युवा टेकबहादुर राजवंशीलाई दुबई पठाएका थिए। २ महिना रोजगारी गरेको रकमसमेत कम्पनीबाट नपाएपछि अहिले दुबईमा बेसाहारा बनेका छन ।

बैदेशिक रोजगारीमा गएको ५ महिना वित्दासमेत एजेन्टले काम नमिलाईदिँदा यतिबेला विदेशी भूमीमा अलपत्र परेका छन । उनलाई स्वदेश फर्काउन माग गर्दा समेत सूर्य राजवंशीले आलटाल गरेको पीडित परिवारले आरोप लगाएको छ। आखिर सत्य कुरा के हो ? कसरी यस्तो अवस्था आयो त यो परिवारमा ? विदेशबाट पिडितले रुँदै फोन गरेर आफुले यस्तोसम्म दुःख पाएको भन्दै अब आ’त्मह’त्या गर्छु भनेपछि श्रीमती रुँदै मिडियामा आएकी थिइन । उनले रुँदै यस्तोसम्म सुनाइन सवैका आँखा रसाए । बिदेश पठाउने एजेन्टलाई डिबि लिम्बू र पत्रकारले यसरी थर्काए कि सबै छक्क परे तलको भिडियोमा हेर्नुहोला ।