शिक्षकले छात्रालाई परिक्षा कोठामै यस्तोसम्म गरे, युवतीले सहन नसकेर घर छाडिन,खोज्दा सकियो ४० लाख (भिडियो सहित)

झापा । २०६६ साल बैशाख २२ गते कक्षा १२ को अर्थशास्त्रको परिक्षा दिन भनि घर बाट बिहान ६:३० बजे कलेज गएकी दमक साविक १३ हाल ८ नं. बस्ने कस्तुरी भण्डारी अहिले सम्म घर फर्किएकी छैनन् । उनले पढ्ने कलेज मा नभएर अर्को कलेजमा उनको परिक्षा केन्द्र परेको थियो ति दुइ कलेजको अस्वास्थ्य प्रतिस्पर्दा भएको कुरा उनि हराए पछि थाहा पाईयो । जसरी हुन्छ अरु कलेज बाट अाउने बिध्यर्थिहरुको गल्ती कम्जोरी देखाएर अाफ्नो कलेज नं. वान छ भन्ने सान देखाउने गलत उधेश्य लिएर गरीएको ब्यबहारको परिणामले अाज एक जनाको जिवन त बर्वात भयो नै एउटा परिवार नै तहसनहस बनायो । उक्त परिक्षामा त्यसै कलेजको प्रिन्सिपल केन्द्राध्यक्ष थियो उसको नियत जसरी पनि बाहिर बाट अाउने बिध्यार्थि लाई गलत , कम्जोर , अनुशासनहिन छन भन्ने कुरा हरु देखाउनु थियो ।

माईती नेपाल र अन्य बिभिन्न संघ सस्थाको सहयोग लिएर नेपाल भारत सिमामा चेक जाँच तथा छेक थुन गर्ने काममा सहयोगको लागी काकडभिट्टा , बिराटनगरको रानि तथा बिरगंज जस्ता ठाँउमा अपिल गरीयो । त्यस समयमा संचालित टि भि , रेडियो , एफ् एम तथा बिभिन्न पत्र पत्रिका , भित्ते पम्प्लेट को माध्यम बाट पनि खोजि कार्य भयो । मानिस नै साईकल , मोटराईकल तथा गाडी बाट यात्रा गरी बिभिन्न ठाउमा पुगेर खोज्ने काममा कुनै कसर बाँकी छोडीएन । त्यस पछिका दिनमा धामी , झाँक्री अाफु लाइ स्वघोषित माता हुँ बाबा हुँ ज्योतिष हुँ भुत भिबिस्य बर्तमान सबै देख्छु त्रिकालदर्शी हुँ भन्ने हरु सग पनि नेपाल तथा भारतका बिभिन्न ठाउमा गएर हेराउने र उनि हरुले भनेको कर्म गर्ने गराउने काम मा पनि कुनै कसर बाँकी राखिएन । कसैले देखेमा हामीलाई ९८१७०७०१६२/ ९८६३६२२८२३ नम्बरमा सम्पर्क गर्नुहोला ।