गीतकार प्रमिला बस्नेतको जनचेतनामुलक गीत “सेवा गरौ“ सार्वजनिक

काठमाण्डौं । कोराना कहरबाट सिर्जना भएको अफटयारो परिस्थितिलाई समेटेर तयार पारिएको गीतकार प्रमिला बस्नेतको जनचेतनामुलक गीत “सेवा गरौ“ सार्वजनिक भएको छ ।

रोगको कारणबाट अफटयारो अवस्थामा भएका मानिसको पिर र व्यथालाई गीतमा समेटिएको छ । सार्वजनिक गीतमा गायक पदम राई , ज्ञानु ज्ञान्मी , सुष्मा लिम्बु र संगीता रानपहेलीको स्वर रहेको छ । प्यारो देश नेपाल अनि सम्पूर्ण बिश्व यतिखेर कोरोना महामारीको बिपती चपेटामा परेर गुज्रीरहेको अवस्थामा यस्तो दुखद परिवेशलाई नजिकबाट नियाल्दा मन भित्र उठेका भावना समेटेर गीत लेखेको गीतकार बस्नेतले बताइन ।

धनु गयामी को संगीत एवम एरेन्ज रहेको छ । सुरेन्द्र श्रेष्ठको छायाँकन तथा सम्पादन र सरोज प्याकुरेलको निर्देशन भिडियोमा रहेको छ । “सेवा गरौ“ गीतको भिडियोमा सरोज दाहाल र मिना बास्कोटाको अभिनय रहेको छ ।

“सेवा गरौ“ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।