कनकाई नगरपालिकामा निर्माण गरिने अक्सिजन प्लान्टका लागि कोष संकलन

विस्वब्यापी महामारीको रुपमा देखा परेको भयाबह कोभिड १९ को पहिलो चरणको प्रभाबले थिलथिलो पारेको हाम्रो मातृभूमि नेपाल त्योभन्दा भयाबह दोस्रो लहरको चपेटामा नराम्ररी परेको कारण अमेरिका, बेलायत, अस्ट्रेलियाका सरकारमा समेत गंभिर रुपमा ध्यानाकर्षण भएको छ र ती सरकारहरुले धमाधम ठूलो सहयोग गर्न शुरु गरिसकेको छ । बहुरास्ट्रिय निकायहरुको पनि कोभिड १९ ले नेपालमा सिर्जना गरेको आपतकालिन अवस्थाका कारण ध्यानाकर्षण गर्न शुरु गरिसकेको छ र यस्को प्रतिकृया स्वरुप सन्चालनमा ल्याइएको घटना ब्यबस्थापन प्रणालीसंगै विस्व स्वास्थ्य संगठनले धेरै कर्मचारीहरु नयाँँ सुपरिबेक्षकका अन्तर्गत नयाँँ भूमिकाका साथ प्राबिधिक सहयोगमा उत्रिसकेको छ ।

यस्तो बिषम परिस्थितिमा कुनै पनि देशमा बस्ने नेपाली मौन रहन सक्तैन । यसै सन्दर्भमा झापा घर भै अष्ट्रेलिया आएर बसोबास गरिराखेका Pashupati Boarding school, Surunga, Jhapa Alumni Student – 2039 को पहलमा आफ्नो जन्मभूमिमा आइपरेको यो गहिरो संकटप्रति आफ्नो दायित्व महसूस गर्दै यो भयाबह संक्रमणबाट हुनसक्ने अकल्पनिय क्षतिको न्यूनिकरणको लागि जति सक्दो छिटो सहयोगको आवस्यकता रहेकाले सक्दो सहयोग गर्ने अठोट गरी अहिलेको आवस्यकता कनकाई नगरपालिकामा रहेको कनकाई नगर अस्पतालको भौतिक तथा प्राबिधिक पूर्वधारको समय सापेक्ष स्तरोन्नतिका लागि रु २२,३८५ कोष संकलन गरी पठाइसकिएको छ ।

वढ्दो कोरोना कहर र अक्सिजनको अभावलाई मध्यनजर गर्दै कनकाई नगरपालिकाले आफ्नै अक्सिजन प्लान्ट निर्माणका लागि कनकाई नगरप्रमुख पोखरेलले आफ्नो सेवा सुविधाबाट नगदै १० लाख रुपैँया प्रदान गर्नुभएको र नगरपालिकाका अन्य पदाधिकारी र नगरपालिकाको कोषबाट एक करोड रुपैँया र बाँकी एक करोड रुपैँया अन्य नगरवाशी र दाताहरुबाट संकलन गरी ३ महिनाभित्र उत्पादन शुरु गर्ने गरि अक्सिजन प्लान्टको लागि काम भैराखेकोले अहिलेको अति आबस्यक यो उद्धेस्य प्राप्तीका खातिर सो बोर्डिङ पढी बिभिन्न देशमा छरिएर रहेका अन्य साथीभाइहरु खोजी गर्ने क्रम जारी राखेका छौं ता कि कोष संकलन कार्यमा हातेमालो गर्नेहरु बढदै जाउन यो बिषम परिस्थितिमा ।

करिब २ करोड रुपैँया लागतमा तयार हुने उक्त अक्सिजन प्लान्टमा दैनिक ५० सिलिण्डर अक्सिजन भर्न मिल्नेछ ।

संपर्क:
दुर्गा प्रसाद उप्रेती
(+६१) ०४४९ ५३८ १५८
कनकाइ – ३
हाल – मेलबर्न, भिक्टोरिया अष्ट्रेलिया