निर्णय कार्यान्वयनमा उदासिनबन्दा गौरादहनगर चामल काण्डमा फसेको निस्कर्ष

युवराज रेग्मी
जेष्ठ १६, झापा /
पछिल्लो समय बहुचर्चित चामल काण्डले बिबादास्पद बनेको झापा जिल्लाको गौरादह नगरपालिकाको वास्तविक रहस्य बाहिरिएको छ ।

खाध्यान्न हिनामिना गरेको आरोप सहित खाध्यान्न कुहाएर गाडेको विषयलाई लिएर विभिन्न रास्टिय सन्चार माध्यममा विभिन्न किसिमका समाचारहरु सम्प्रेषण भएका थिए ।

समाचार सम्प्रेषण पश्चात् नगरपालिकालाई उक्त बिषय सम्बन्धि सम्पुर्ण आर्थिक बिबरण र खाध्यान्नको मौज्दात सहितको सत्य तथ्य अबिलम्ब सार्बजनिक गर्न सामाजिक सन्जाल तथा नागरिक तबरबाट निरन्तर खबरदारि भएको थियो ।

सन्चार माध्याम ,नागरिक तबर र विभिन्न दलगत सस्था लगायत सामाजिक सस्थाहरुले बिज्ञप्ति नै सार्बजनिक गरेर खबरदारी गरेपस्चात वास्तविक रहस्य पत्तालगाउन स्कटनेपालले केही दिनदेखि गहिरिएर यसविषयको कारण खोजलतास गरेकोथियो ।

यसबिषय सम्बन्धि नगरपालिकाको आर्थिक बिबरणहरु पल्टाउने क्रममा प्राप्त भएका सूचना र निर्णय अनुसार गौरादह नगरपालिका आफ्ना निर्णयहरु कार्यान्वयन गराउने क्रममा उदासिन रहेको प्रष्ट देखिन्छ ।

निर्णय अनुसार गत बर्ष २०७७ साल पुष ६ गते बसेको गौरादह नगरपालिकाको कार्यपालिका बैठकमा गत सालको बिश्वब्यापी कोरोना महामारिको समयमा बिपद ब्यबस्थापनका निमित्त नगरपालिकाले खडा गरेको बिपद ब्यबस्थापन कोषमा २०७७ आषाढ मसान्तसम्म आम्दानी तर्फ रु१७५९६६८४.७० प्राप्त भएको र रु१३४३०७०१ खर्चभइ बाकी मौज्दात रु४१६५९८३.७ रकम रहेको निर्णयमा उल्लेखछ ।

साथै २०७७ श्रावण देखि कार्तिक सम्म आम्दानी तर्फ रु ६०४२४६४.८ प्राप्त भएको र रु ३६४५२७५ खर्चभइ रु २३९७१८९.८ रकम मौज्दात रहेको देखिन्छ ।

त्यसै गरि २०७७ पौष १ गते बाट क्वारेन्टाइन तथा आइसोलेसन खाली भएकोले उक्त समय देखि क्वारेन्टाइन तथा आइसोलेसन नराख्ने निर्णय भएको र त्यस पश्चात् नगरबासिमा कोभिड -१९ को संक्रमण देखिएमा आ-आफ्नो घरघरमा नै एकान्तबासका लागि नागरिक हरुलाइ अनुरोध गर्ने निर्णय उल्लेख भएको देखिन्छ ।

साथै कोभिड -१९ को रोकथाम तथा प्रतिकार्यका लागि नगरपालिकाको कार्यालयमा रहेको खाद्य सामग्री राखिरहदा दिनप्रतिदिन बीग्रीएर नस्ट हुने भएकोले खानयोग्य बचत रहेको खाध्यान्न सामग्री हरुको यथार्थ बिबरण लिइ बिपन्न तथा गरिब परिवारलाई बितरण गर्न नगरपालिकाले १० वटा कोटा निर्धारण गरेको देखिन्छ ।
कोटा अन्तरगत ९ वटा वडा अध्यक्षहरुलाई प्रती वडा १/१ वटा कोटा र नगर प्रमुख लाई १ वटा कोटा छुट्याएको निर्णयमा उल्लेख गरिएको देखिन्छ ।

कोटा अन्तरगत आफ्नो भागमा परेको खाध्यान्न वडा अन्तरगतको वडा अध्यक्षको सिफारिसमा र नगर प्रमुख अन्तरगतको नगरप्रमुखको सिफारिसमा प्रती परिवार १० केजी चामल र २ केजी दाल उपलब्ध गराउने निर्णय भएको देखिन्छ ।

त्यसै गरि २०७७ साल भाद्र २४ गते कार्यपालिका बैठकको प्रस्ताब न ८ को नगरपालिकामा रहेको खाध्यान्न सम्बन्धमा छलफल हुदा नगरपालिकामा मौज्दात रहेको नगरपालिकाले क्वारेन्टाइन र आइसोलेसनमा प्रयोगगर्ने एबम अतिबिपन्न गरिब परिवार लाई बितरणगर्ने र प्रत्येक वडाहरुको फुड बैंकमा मौज्दात रहेको खाध्यान्न सम्बन्धित वडाहरुले वडामा रहेका अतिबिपन्न गरिब तथा बाढीपैरो लगायत बिपत्तीबाट पिडित परिवार लाई बितरण गर्ने निर्णय भएको देखिन्छ ।

यी सम्पुर्ण निर्णय हरुलाइ हेर्दा गौरादह नगरपालिकाको खाध्यान्न कुहिनुमा नगरपालिकाका सम्पुर्ण वडा अध्यक्ष र सम्बन्धीत स्टोर शाखाका कर्मचारी अर्जुन भाइ दाहाल दोसी रहेको देखिन्छ ।
स्टोरमा रहेका कर्मचारीले स्टोरमा मौज्दात खाध्यान्नको अवस्था र बिबरण नगरपालिकालाई जानकारि नगराउदा खाध्यान्न बिगृन गएको देखिन्छ ।

साथ साथै कार्यपालिकामा गरिएका निर्णयहरु कार्यान्बन गर्न / गराउन सम्पुर्ण कार्यपालिका सदस्य र सम्बन्धीत कर्मचारीहरुको दायित्व पनि उतिकै रहने गर्द्छ ।
निर्णयपुस्तिकामा हस्तान्तरण गर्ने र निर्णय कार्यान्वयनमा बेवास्था गरिएको कारणले समय गुज्रिदै जादा गौरादह नगरपालिकाले कोरोना भाइरस नियन्त्रणका लागि खडा गरेको बिपद ब्यबस्थापन कोषको मोटो रकम खर्चिएर खरिद गरेको र विभिन्न दाताहरुले दिएको खाध्यान्न मध्ये मौज्दात रहेको ५ हजार १ सय केजी चामल अखाध्य बनेको निस्कर्ष निकाल्दै यहि २०७८ जेष्ठ ६ गते गौरादह नगरपालिकाले जारी गरेको बिज्ञप्तिमा ३ हजार २ सय २१ केजी चामल र केही परिणाम दाल र भुजा लगायतका खाध्यान्न नस्ट गर्ने निर्णय अनुसार नगरपालिकामा जेष्ठ १० गते दिउँसो ४:३० बजे तिर नगरपरिसरमा लगि उक्त खाध्यान्न गाडेको थाहा पाए पश्चात् स्थानिय नागरिक र सञ्चारकर्मिहरुले उक्त खाध्यान्नको अवस्था सत्य तथ्य सार्बजनिक गर्न आक्रोश ब्यक्त गरेका थिए ।
आक्रोशीत भिडले खाध्यान्न गाडिएको भोलि ११ गते बिहान खाध्यान्न बारे नगरले सत्य तथ्य सार्बजनिक नगरे आफै खाध्यान्न गाडिएको स्थान खोतलेर हेर्न लागेपछि सुरक्षाकर्मिले अबरोध पुर्याएको थियो ।

बिगतमा झै गौरादह नगरपालिकाका हरेक गतिबिधी र निर्णयहरु समयमै सूचना पाटी तथा नगरपालिकाको वेभसाइटमा सार्बजनिक नगरिदा सर्बसाधारण र सञ्चारकर्मीहरु सूचना बाट बिमुख हुँदै आएका छ्न ।
यसै अनुरुप यो बिबादास्पद चामल काण्ड पनि नगरपाकिकाको भरपर्दो सूचना सम्प्रेषणको अभाब तथा खाधान्न बितरणको जिम्मा पाएका जिम्मेवार कोटा अन्तरगतका वडा अध्यक्ष र निर्णयमा हस्तान्तरण गर्ने कार्यपालिका सदस्यहरुको लापरबाहीको एउटा उदाहरण रहेको निस्कर्ण प्रमाणित भएकोछ ।