सदस्यता अभियानमा सहभागी हुन बेलायतवासी नेपाली समुदायलाई एनआरएन यूकेका उपाध्यक्ष प्रेम गाहामगरको अपिल(भिडियो सहित)

लण्डन ।

गैर आवासीय नेपाली संघ, यूकेका उपाध्यक्ष एवम् आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार प्रेमगाहा मगरले संघको सदस्यता अभियानमा सहभागी बेलायतवासी नेपाली समुदायलाई आग्रह गरेका छन् ।
Video
गाहा मगरले आगामी ३१ जुलाईमा हुने निर्वाचनमा जुन १० सम्ममा दर्ता भएका सदस्यहरुले मात्रै सहभागी हुनपाउने भएकाले जतिसक्दो छिटो आफ्नो सदस्यता दर्ता गर्न आग्रह गरेका छन् ।

एक भिडियो सन्देश जारी गर्दै गाहा मगरले भनेका छन्, ‘हामी प्रवासी नेपालीहरुको साझा संस्थाएनआरएनएको सदस्यता लिने अवसरलाई सदुपयोग गर्नुहुन अनुरोध छ ।’

गाहा मगरले विदेशमा रहेका नेपालीहरुलाई एकत्रित गर्ने र मातृभूमिको सेवामा योगदान पुर्याउनेएनआरएनएको पवित्र उद्देश्य प्राप्तिमा बेलायतवासी समग्र नेपालीहरुको साथ, सहयोग र सहभागिता रहने छभन्ने विश्वास व्यक्त गरेका छन् ।
एमआईएस प्रणाली अन्तर्गत अनलाइन सदस्यता आवेदन गर्नु पर्ने भएकाले केही समस्या भएमास्वयमसेवकहरुले सहयोग गर्ने उनले स्पष्ट पारेका छन् । गाहा मगरले प्रौढ उमेरका बुवा आमाहरुलाई सदस्यतालिने प्रक्रियामा सहयोग पुर्याउँन पनि स्वयम्सेवकहरुलाई आग्रह गरेका छन् ।

अपिलमा उनले आफूँ आगामी कार्यकालका लागि अध्यक्ष पदको उम्मेदवार रहेको बताउँदै विगतमा जस्तैमाया, ममता, साथ र सहयोगका लागि आग्रह गरेका छन् ।
गाहामगरले लिखित अपिलसमेत जारी गरेका छन् । उक्त अपिलमा उनले आफ्ना अजेण्डा उल्लेख गरेका छन्। संस्थालाई पारदर्शी बनाउने, भूतपूर्व ब्रिटिश गोरखा सैैनिकहरुको समस्या समाधान गर्ने, नेपालीसमुदायलाई थप एकजुट बनाउने, प्रवासी नेपाली समुदायको हित गर्दै मातृभूमिको सेवामा योगदान पुर्याउने, विदेशमा नेपाली भाषा, कला र संस्कृतिको प्रबद्र्धन गर्ने, युवा पुस्ताको आकर्षण र सहभागिता वृद्धिलगायतका अजेण्डा गाहा मगरले अघि सारेका छन् ।

विगतमा दुई कार्यकाल निर्वाचित भएर उपाध्यक्षका रुपमा काम गरेका प्रेम गाहामगर अनुभवी

उम्मेदवारमानिन्छन् ।