स्वास फेर्न गाह्रो भो भनेका व्यक्ति अस्पतालबाटै गायब, श्रीमती आईसियूमा (भिडियो)

बाग्लुङ ढोरपाटन नगरपालिका ३ का धनबहादुर जिसी पोखराको गण्डकी मेडिकल कलेजबाट बेपत्ता भएका छन् । आफ्नी श्रीमतीको उपचारका लागी आएका जिसी श्रीमतीलाई आईसियूमा छोडेर बेपत्ता भएका हुन् । उपचारको क्रममा श्रीमतीलाई कोरोना देखिएको र स्वास्थ्य अवस्था जटिल भएकाले उनलाई आईसियूमा उपचार गरिएको छ । जिसीले घरमा फोन गरेर आफूलाई पनि स्वास फेर्न गाह्रो भएकोले अर्को बिरामी कुरुवा पठाउन भनेका थिए । उनका आफन्तका अनुसार अन्य बिरामी कुरुवा आएपछि उनी अस्पतलाबाटै हराएका हुन् । उनको खोजीका लागी जिल्ला प्रहरी कार्यालय कास्की र उनका आफन्तहरु लागि परेका छन् । आखिर किन आफ्नी बिरामी श्रीमती आईसियूमा छोडेर उनी बेपत्ता भए ? हेर्नुहोस् यो भिडियो ।