कोरोना लाग्दा श्रीमानले अलपत्र छोडेकी गर्भवति चेलीको पछिल्लो जानकारी, श्रीमान भेटिए त?, भगवान बनेका अध्यक्ष मिडियामा (भिडियो साहित)

भनिन्छ श्रीमान श्रीमती एक रथका दुई पांग्रा हुन् । सँगै मर्ने अनि सँगै बाँच्ने कसम खाएका हुन्छन । यस्ता उदाहरणहरु छन् श्रीमानको लागि श्रीमतीले ज्यानै दिन्छन । घरपरिवार आमाबुबा दाजुभाइ दिदिबहिनी सबै माइतीलाई छोडेर श्रीमानको घर आएकी श्रीमती श्रीमानलाई आफ्नो भगवान ठान्छिन । कतिपय श्रीमान-श्रीमती एक-अर्काका लागि जस्तोसुकै आपतमा पनि साथ नछोडी बसेका हुन्छन । केही हप्ता अगाडी झापा मेचीनगरकी 17 वर्षीय गर्भवती चेलीलाई कोरोना लागेको थाहा पाएपछि श्रीमतीलाई अलपत्र छोडेर फरार भएका छन । 17 वर्षीय चेलीलाई गर्भवती अवस्थामा एक्लै बनाएर भाग्ने श्रीमानको अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।

गर्भवती चेलीलाई कोरोना लागेको थाहा पाएपछि घरबेटीले समेत घरबाट निकालिदिएका छन् । सडकमा बेवारिसे अवस्थामा रुँदै छट्पटाइरहेकी चेलीको छेउमा कोहि जान सकेनन । मानिसहरू छेउमा आउन लाग्दा छटपटाउँदै बोल्नै नसकेकी चेलीले आफूलाई कोरोना लागेको र कसैलाई छेउमा नआउन आग्रह गरेपछि उनको झनै विजोक भयो । यसैक्रममा रोइरहेकी चेलीलाई त्यहाँका वडाअध्यक्षले आफ्नो ज्यानको प्रवाह नगरी उनलाई बोकेर एम्बुलेन्समा लगाए र अहिले उनको उपचार भइरहेको छ । उनलाई सडकबाट उठाएर अस्पताल लगेर भगवान बनेका वडा अध्यक्ष उनको अहिलेको अवस्थाको बारेमा जानकारी अनि सुरु देखिको दुनिया रुवाउने कहाँनी भन्दै मिडियामा आएका छन । श्रीमतीलाई कोरोना लागेको थाहा पाउने बित्तिकै श्रीमतीलाई सडकमा अलपत्र छोड्ने यूवा भेटिए त तलको भिडियोमा हेर्नुहोला । तपाइको मन रुनेछ |