थोरै लामो तर महत्वपूर्ण भनाइ र अपडेट:

रबि लामिछाने ज्यु लेख्नु हुन्छ !
जनमैत्री अस्पताल सँगको नाता फेरि स्पष्ट पार्छु। झन्डै झन्डै बन्द जस्तै अवस्था रहेको यो अस्पताल पर्याप्त अक्सिजन र केही सामान्य ब्यवस्थापकीय स्रोत साधनको अभावमा थियो। अस्पताल संचालकहरुको होस्टेमा,हैंसे मिलाउदै हामीले मुलतः अक्सिजन ब्यवस्थापनको जिम्मेवारी लिएर यो महामारीमा अस्पताल पुर्ण रूपमा संचालन गर्न सघाउने प्रतिवद्द्ता गर्यौं।खर्च गर्न नसक्नेलाई निशुल्क उपचार हाम्रो एक मात्र प्रतिवद्दता हो। सक्नेले चाहिँ तिर्नै पर्छ, सरकारी रेट भन्दा पनि कम, नसक्नेले कुनै पनि हालत तिर्नु पर्दैन।जसले जस्तो शिर्षकमा समाचार बनाएपनि मेरो कुरा यत्ती हो। बाँकी उपचार पद्धति,बिरामीको अवस्था,चिकित्सकिय जटिलता जस्ता विषयमा हामीलाई केही थाहा हुदैन।अफवाहको पछी लाग्नु भन्दा पहिला ठुला अस्पतालहरुमा ८/१० दिन ICU, भेन्टिलेटरमा बिरामी राखेकाहरु सँग ती अस्पतालको बिल मागेर तुलना गर्नु होला। यद्यपि अस्पतालले ओभर चार्ज नगरोस् र गुणस्तरीय सेवा प्रदान गरोस् भन्ने हामी चाहन्छौ नै र त्यसकालागि आवश्यक पहल र खबरदारी गरि नै रहेका छौ।केही कमजोरी भएको भए खबर पाउनासाथ ठिक गर्छौ/ गराउछौं।यो महामारीमा दुखले काम गरिरहेकाहरु लाई थप दुख नदिनु होला, पाप लाग्छ। आफ्नो र आफ्नो परिवारको ज्यान जोखिममा राखेर काम गर्दा थोरै भए पनि प्रेरणा मिलोस् भन्ने को चाहदैन र?मलाई त त्यसैपनि आलोचना खेप्न बानी परेको छ तर यो महामारीमा अहोरात्र खटिएका स्वास्थ्यकर्मीहरुको मनोबल नगिराइदिनु होला। उहाँहरुको मुहारमा उदासी नछाओस् ,मेरो बिन्ति छ।यो भन्दा बढी यो अस्पतालसँग मेरो चाहिँ सात पुस्ता सम्मको केही नाता छैन।स्थित सहज भए पछि O U T, आउट। अब केही अपडेट:

यतिबेला जनमैत्रीमा ३५ जना वार्डमा उपचाररत हुनु हुन्छ, ICU मा ७ जना हुनुहुन्छ, इमर्जेन्सी, फिवर क्लिनिक हरेक दिन ब्यस्त देखिन्छ,यो २ हप्तामा २०० भन्दा बढीले सेवा प्राप्त गर्नु भयो होला । आजका मिति सम्म हामीले जनमैत्री अस्पतालमा भर्ना नै भएर उपचार गराउनु भएका २० जना बिपन्न बिरामी को सम्पूर्ण खर्च बेहोरी सकेकाछौं (खाना देखि औषधि उपचार सम्म), थप बिरामीलाई सहयोग गर्ने क्रम जारी छ, PCR र आइसोलेसन सहायता लिनु हुनेहरुको विवरण पनि प्राप्त हुने क्रममा छ।हामीलाई सहयोग गर्ने र हामीले सहयोग गरेकाहरुको एक एक विवरणका लागि केही दिन अझै लाग्छ, कृपया धैर्य पुर्वक प्रतीक्षा गरिदिनु होला।अहिले त अति नै ब्यस्त छौं। स्थिति केही सहज भए पनि हाम्रो दौडादौड कायम नै छ।

यस विच Teaching Hospital, Manmohan Cardio मा उपचाररत आर्थिक अवस्था अत्यन्त नाज़ुक भएकि एक चेली लाई नगद सहयोग गरेका छौ।अक्सिजन प्राप्त गर्नकाललागी Lions Club का साथीहरूको सहयोग निरन्तर रह्यो,FNCCI र १७ नं वार्ड द्वारा संचालित आइशोलेशन सेन्टर सँग सहकार्य गर्न सकिन्छ कि भनेर त्यहा गयौं,असाध्यै मेहनतका साथ आइशोलेशन सेन्टर बनाइएको रहेछ।हाम्रो तर्फ बाट Oxygen Regulator with Flow Meter हस्तान्तरण गर्यौं,हाम्रो सम्पर्कमा आएका बिरामीलाई त्यहाँ राख्न पर्ने भए निशुल्क राख्न सकिने जानकारी उहाँहरु बाट पायौं, Bodhi Saata Bihar ले अस्पतालको क्यान्टिनलाई करिब १ महीना पुग्ने खाध्य सामग्री तथा केहि स्वास्थ्य सामग्री Best Balaju Youth Club समेतको सहकार्यमा अस्पताल लाई हस्तान्तरण गरेको छ।समाजसेवी ब्यक्तित्व दिव्यमणि राजभण्डारी ज्युलाई प्रोत्साहन र सहयोगका लागि आभार व्यक्त गर्दछु ,शहिद मेमोरीयल अस्पताल कलंकिमा उपचाररत बिपन्न बिरामी को आफन्तलाई सहयोग गर्यौं, काठमाडौ बाहिरका विभिन्न अस्पताल र स्वास्थ्य संस्थाहरुकालागि स्वास्थ्य सामग्री उपलब्ध गरायौं,
जनमैत्री अस्पताल र हाम्रो आफ्नै रास्कोट अस्पतालको लागि ५० ओटा अक्सिजन सिलिन्डर हामीले खरीद गर्यौं, दोलाखा चरीकोट अस्पतालमा उपचाररत बिरामिलाई आर्थिक सहयोग गर्यौं,नेपाल भारत मैत्री अस्पताल चाबहिल मा उपचाररत बिरामिलाई आर्थिक सहयोग गर्यौं।
भक्तपुर इंटरनेशनल अस्पताल मा उपचाररत बिरामिलाई आर्थिक सहयोग गर्यौं। यो महामारीमा सकेको गर्छौ।