गेसोद्वारा एनआरएनए यूकेलाई १४ सय पाउण्ड सहयोग प्रदान

लण्डन ।

नेपालमा कोरोना महामारीबाट पीडित संक्रमितहरुको उपचारमा सहयोग पुर्याउने गैरआवासीय गैरआवासीय नेपाली संघ, यूकेको पहलमा साथ र सहयोग जुट्ने क्रम जारी छ ।

मंगलबार बेलायतस्थित भूतपूर्व गोर्खा सैनिकहरुको सबैभन्दा पुरानो संगठन गेसोले एनआरएनए यूकेलाई एक हजार ४ सय पाउण्ड सहयोग प्रदान गरेको छ ।

अल्डरशटस्थित गेसोको कार्यालयमा आयोजित एक कार्यक्रममा गेसोका कार्यबाहक अध्यक्ष धर्म तामाङ र कोषाध्यक्ष देवीमाया पुनले संघका अध्यक्ष पुनम गुरुङ र उपाध्यक्ष प्रेम गाहा मगरलाई एक हजार ४ सय पाउण्डको चेक प्रदान गरेका हुन् ।

नेपालमा अक्सिजन सिलिण्डर पठाउने उद्देश्यले गेसोले एनआरएनलाई सहयोग गरेको एनआरएनए यूकेका उपाध्यक्ष एवम् गोर्खा डिपार्टमेन्ट प्रमुख गाहा मगरले जानकारी दिए ।

कार्यक्रममा गेसोका अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो । सो अवसरमा एनआरएनए यूेकेका अध्यक्ष गुरुङ र उपाध्यक्ष गाहा मगरले आर्थिक सहयोगका लागि गेसोलाई धन्यवाद दिएका थिए ।