‘नहेर तर्केर’को भिडियो सार्वजनिक

काठमाण्डौ, जेठ ११ ।
बहुमुखी प्रतिभाका धनी भिम तुम्बाहाङफे र बिमला खाजुम अभिनित ‘नहेर तर्केर’को भिडियो सार्वजनिक भएको छ ।

गायक नितेश राई र गायिका एलिना चौहानको स्वरले सजिएको उक्त गीतमा धन वीर विश्वकर्माको शब्द रहेको छ भने संगीत गायक स्वयम राईको रहेको छ ।

बिग पारीवेश स्टुडियोमा सम्पूर्ण कार्य सम्पन्न गरिएको यस गीतमा संगीत संयोजन टंक तिमील्सिनाको रहेको छ ।

भुपेन्द्र तुम्बाहाङफेको निर्देशन तथा छांयाकन रहेको भिडियोमा अनिल राणाको सम्पादन रहेको छ ।

सोनाम लामाको कला प्रोडक्सन रहेको यस् भिडियोमा देवराज मग्रातीको सह-छांयाकन रहेको छ भने मेकअप सोम मग्रातीको रहेको छ ।

भिडियो सेवालुंग च्यानलको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।