‘कस्तो दिन आयो’ ‘बहुला’ गितका चर्चित गायक रमेशराज भट्टराईको गितले तहल्का मच्चायो (भिडियो)

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा संगित क्षेत्रमा फरक प्रस्तुति दिएर दर्सक श्रोता माझ चर्चा कमाउँदै आएका गायक तथा गितकार रमेशराज भट्टराईको नयाँ गित सार्वजनिक भएको छ ।

भट्टराईका जति गित बजारमा आउँछन् सबै सबैको मन मस्तीकमा बस्दै आएका छन् । उनको “कस्तो दिन आयो ” बोलको नयाँ गीत सार्वजनिक भएको हो, गीतमा शब्द /संगीत/स्वर रमेश राज भट्टराईकै रहेको छ भने गीत “गुड लक नेपाल” नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

कोरोना महामारीका बेला कोरोना कै विषयवस्तु समेटेर तयार पारिएको यो गीत सार्वजनिक भए संगै युट्युव ट्रेण्डिङ मा पर्न सफल भएको छ। गीतको भिडियो निर्देशन र छायांकन दुर्गा पौडेलले गरेका छन् भने सम्पादन नवीन घर्ती मगरको रहेको छ ,भिडियोमा अभिनय रमेश राज भट्टराई,अनिता बस्नेत लगायतका कलाकारको अभिनय रहेको छ।

रमेशराज भट्टराईको परिचय: ‘मैले तिमी लाई चाहेर पनि तिम्रो साथ पाउन सकीन’ यो आधुनिक गीत नसुन्ने सायद कमै नेपाली होलान । अगाध प्रेम हुदापनि माया गर्ने मान्छे लाई आफ्नो बनाउन नसकेको पिडा र यौटा असफल प्रेम कहानी बोकेको उक्त गीतका गायक रमेशराज भट्टराई हुन । वि.सं-२०५९ सालमै रमेशराजको आवाजमा रेकर्ड भएको उक्त गीत तत्कालीन समयमा त्यती चर्चामा आएन । गीतले वास्तविक चर्चा त्यतीबेला पायो जव यो गीत मखमली आवाजकी धनि गायीका अन्जु पन्तको स्वरमा रेकर्डभयो ।

आरविटी डाउनलोडको क्षेत्रमा औशत भन्दा माथीको रेकर्ड बनाउन सफल उक्त गीतले रमेशराज लाई गायक मात्र नभएर यौटा सफल गीतकार र अब्बल संगीतकारको उचाई समेत दियो । यहि यात्राको विचमा प्रमोद खरेलको स्वरमा रहेको ‘उस्ले जति माया तिम्लाई मैले पनि दिन्थें होला, संसारका सारा खुसी तिम्रो लागीकीन्थे होला’ बोलको गीत रिलिज भयो ।

अत्यन्तै हाईस्केलमा रहेको यो गीत यति रुचाईयो की त्यसपछी रमेशराजले पछाडी फर्केर हेर्नु परेन,उनले अहिलेसम्म दर्जनौं हिट गीतहरु दिई सकेका छन् अब हेरौं उनको नयाँ गीतको यो भिडियो :