कोराना ए कोराना ! सबै लागिस् सोर्न

कवि परिचय
काभ्रेपलाञ्चोक जिल्ला मेथिनकोट गाविस वडा २ मा जन्मी त्यहाँको वस्तुस्थितिलाई नजिकबाट अंगाली आफू एक साधारण जाििगरे पेशामा संलग्न भई हरपल साहित्य सिर्जनामा तल्लिन व्यक्तित्व हुन् – हरिकृष्ण सिलवाल । उहाँ आफ्नो पारिवारिक समस्या र आर्थिक कमजोरीले गर्दा यथेष्ट रुपमा आफ्नो कृतिहरु छपाउने भएको छ । वि.संं २०२८ सालमा मेरो कल्पना कविता संग्रह, वि.सं. २०५८ मनैभरि माया गीतिकविता संग्रह र वि.सं. २०५९ मा ‘तिमी हामी साथी’ बालकविता संग्रह प्रकाशित छन् । उहाँका कविता र लेखरचना राष्ट्रियस्तरका दैनिक, साप्ताहिक एवं मासिक पत्रपत्रिकामा समेत प्रकाशित छन् ।

कोराना
ए कोराना !
सबै लागिस् सोर्न

विश्वभरि घुम्दै
मन परी चुम्दै

तँलाई छैन दया
ए निष्ठुरी भैया

अत्याचार गरिस्
सारा सखाप पारिस्

ए कोराना !
सबै लागिस् सोर्न

कति छैन दया
ए कोरोना भैया ।

हरिकृष्ण सिलवाल
नमोबुद्ध नगरपालिका ४, काभ्रेपलाञ्चोक

हाहाकार
खाए आम कपुतले तिम्रो हाड छाला
अब लाउन बाँकी नै छ कंकालको माला

सबैतिर दोहन गरे पैसा पेसा भनी
होड चल्या सधैँ यहाँ आफैँ बन्ने धनी

खाली हात आयौँ यहाँ, खाली नै छ जानु
किन यस्तो लोभ बढ्यो के छ साथमा लानु

ढुंगा सके, रुख सके मासे मूलपानी
प्राकृतिको माया हट्यो अब कता जाने ?

धुँवा धुलो दुर्गन्धले सताइ सक्यो सारा
प्राकृतिक दहन हुँदा भयो हाहाकार
हरिकृष्ण सिलवाल
नमोबुद्ध नगरपालिका ४, काभ्रेपलाञ्चोक

विकास
आयो आयो विकास भन्छन्
कहाँ आयो विकास ?
अपराधी मात्र बढे
बाँड्न थाले निकास

राजकुलो गुठी समेत
सबै मिली खाए
कमाउने र धनी बन्ने
मात्र नेता भए

जनतालाई प्रभाव पारी
भोट मात्र लिने
विर्ता पाको पद जस्तो
आफैँ ठूलो बन्ने

जनतालाई भ्रम पारी
ठग्न जानेका छन्
के गर्नु र यस्तै नेता
हामीले छानेका छौँ

बलात्कारी भ्रष्टाचारी
सबै पाउँछन् लुट
गाउँदेखि सहरसम्म
सबैतिर लुट
हरिकृष्ण सिलवाल
नमोबुद्ध नगरपालिका ४, काभ्रेपलाञ्चोक

लुट
एता पनि लुट छ हजुर
उता पनि लुट छ
लुट गर्ने मान्छेको
बोली सधैँ बिक्छ ।

ढुकुटीको पैसा जति
गर्छन् आफल ताफल
विकास गर्ने पैसा हुन्छ
जँड्याहाको काफल

हामी पनि त्यस्तै हजुर
जँड्याहालाई मान्ने

फटाहाको संसार छ
उनै हुन्छन् जान्ने

जनताको दुःखभन्दा
आफ्नै भुँडी भर्ने
गरिब दुःखी जनता चाहिँ
पिल्सिएर मर्ने
भ्रष्टाचारी, बलात्कारी
सधैँ पाउने छुट
गाउँदेखि सहरसम्म
सकेसम्म लुट ।
हरिकृष्ण सिलवाल
नमोबुद्ध नगरपालिका ४, काभ्रेपलाञ्चोक