अभिनय संगै गायनमा पनि ओविको चर्चा, ‘रेलको तखत’ अत्याधिक रुचाईयो (भिडियोसहित)

काठमाडौँ । पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममापछिल्लो समयमा म्युजिक भिडियोमा निक्कै जमेका मोडल ओबी रायमाझीले ‘रेलको तखत’ बोलको गीत लिएर बजारमा आएका छन् । मोडलिङमा निक्कै ख्याति कमाएका रायमाझीले गीत पनि उत्तीकै राम्रो गाएका छन् ।

प्रकाश पराजुलीको शब्द रहेको दोहोरी गीतको संगीतसमेत उनैले गरेका छन् । ओबीलाई गायनमा मेलिना मैनालीले साथ दिएकी छन् भने गीतमा कृष्ण बिके ‘भन्जा’ ले एरेन्ज गरेका छन् । गीतको अडियो मिक्सिङ श्यामस्वेत रसाइलीले गरेका छन् ।

ओबी रायमाझीकै युट्युब च्यानलमार्फत शुक्रबार म्युजिक भिडियोसहित गीत सार्वजनिक भएको हो । युवराज वाइबाको निर्देशन रहेको भिडियोमा ओबी आफैँले अभिनय गरेका छन् भने गायिका मेलीनाले पनि आफैँ अभिनय गरेकी छन् ।

भिडियोको छायांकन निश्चल पौडेलले र सम्पादन बिकाश दाहालले गरेका छन् ।

गितले सवैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित गितको पुरा म्युजिक भिडियो हेर्नुहोला :