कृष्ण बावु र विमला साउदको अभिनयमा “बरको छायाँले” सार्वजनिक

काठमाण्डौं ।
गायक दिपु कान्छो र गायिका विशाखा शाहीको आवाजमा रहेको देउडा पप गीत “बरको छायाँले” गीतको भिडियो सार्वजनिक भएको छ । मायालु जोडि विचको प्रेमका सम्वादहरुलाई गीतमा समेटिएको छ । दिपु कान्छोको शब्द संगीत तथा सुमन केसीको एरेन्ज गीतमा रहेको छ । अमृत उपाध्ययको छायाँकन , कृष्ण बावुको सम्पादन तथा प्रविण सिंहको निर्देशनमा भिडियो तयार गरिएको छ । “बरको छायाँले” गीतको भिडियोमा कृष्ण बावु र विमला साउदको अभिनय रहेको छ ।

“बरको छायाँले” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।