मेरो यो ठुलो त्यो ठुलो भन्छन ! टिकटक भाईरल सानुमायाँ ( भिडियो)

सामाजिक संजालको बढ्दो प्रयोग साथै लोकप्रियताले कतिलाई मोडल बनायो त कतिलाई कलाकार ।तिनै संजाल मध्ये टिकटक जो अहिले अत्याधिक रुचाइएको संजाल बनेको छ ।

आफ्नो निखारिएको कलाहरु छोटो समयमा धेरै देखाउन सक्नु नै टिकटकको खुबि हो । त्यहि सामाजिक संजाल टिकटकमा अहिले सानुमाया नामकरण गरेर खोलिएको टिकटक उपर एकजनै मोटि दिदी जो आफ्नो नृत्य(डान्स) सधैजसो देखाउनुहुन्छ ।

१३० केजीकी सानुमायालाई टिकटक प्रयोगकर्ताले उहालाई नचिन्ने सायदै कोहि होलान । उहाको मनमोहक नृत्यको हामी सबै फ्यान हौ । उहाँ प्रेरणाको अभिन्न स्रोत समेत हो । धेरै मान्छेहरु आफ्नो मोटोपन र बढि तौललाई अभिसापको रुपमा लिन्छन् तर यी दिदिले त्यहि मोटोपनलाई बर्दान स्वरुप लिएर आफ्नो नृत्यबाट सबैलाई मनोरञ्जन गराईरहनुभएको छ ।

मान्छेले सुख हैन सन्तुष्टि खोज्नुपर्छ भनेझै उहाँ एक आदर्शको पिलर हो भन्दा कसैको मत बिपक्षमा नआउला । तर टिकटकमा यति सफलता पाउदा समेत सानुमाया खुशी छैनिन् ।

भिडियोमा आउने थुप्रै खाले नराम्रा कमेन्टहरुले आफुलाई दुखी बनाउने गरेको हेल्लो टिकापुर टिभी मार्फत उनले बताएकी छिन ।

बिशेष तह शरिरको मोटाई सम्बन्धी कमेन्टहरुले मन दुख्ने गरेको उनि बताउछिन । प्रस्तुत छ हेल्लो टिकापुर टिभिका पत्रकार अंकित उप्रेती र सानुमाया बिच भएको कुराकानी, हेर्नुस भिडियो :