लकडाउनमा एम्बुलेन्स भित्र यस्तो देखेपछि प्रहरी नै छक्क, ड्राईभरले बताए बास्तबिकता (भिडियो सहित)

देशभर लकडाउन जारी छ । अति आवश्यक सवारी बाहेक अरु चलेका छैनन् भने प्रहरीले कडाईका साथ चेकिङ गरेको छ । पोखराको छोरेपाटनमा चेकिङमा रहेको प्रहरीले एक एम्बुलेन्सलाई जान दिएन । पोखरा देखी स्याङ्जा जान लागेको एम्बुलेन्सले बिरामी नभएको मानिस बोकेको भनेर रोकेको हो । चालकको अनुसार स्याङ्जाबाट बिरामी लिएर आएको र जाने बेला रित्तो जानु परेको साथै गाउँपालिका अध्यक्षको आग्रहमा मानिस लिएर आएको खुलासा गरे । एम्बुलेन्सबाट घर जान लागेका मानिसहरुले पनि काम भएन कोठा भाडा तिर्न समेत गाह्रो भएकाले जान लागेको बताएका थिए । केही समय पछि थप छलफल गरेर एम्बुलेन्सलाई छाडिएको थियो । हेर्नुहोस् यो भिडियो ।