ओमानबाट ५ सय ६० अक्सिजन सिलिण्डन काठमाण्डौंमा आइपुगे

प्रेस विज्ञप्ति

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सुरु गरेको ‘नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ अभियान अन्तर्रगत मध्यपूर्वमा रहेका नेपालीहरुको सहयोगमा ओमानबाट ५ सय ६० अक्सिजन सिलिण्डन काठमाण्डौंमा आइपुगेको सहर्ष जानकारी गराउदछौं ।

कोभिड – १९ संक्रमणले हाल नेपालमा ज्यादै कठिन र दुखदायी अवस्था सिर्जना हुँदै गइरहेको छ । संक्रमणका कारण मानवीय क्षति पनि बढ्दो छ । गम्भीर र जटिल अवस्थाका बिरामीको ज्यान जोगाउन अक्सिजन, भेन्टिलेटर, अक्सिजन कन्सनट्रेटर, औषधी तथा अन्य स्वास्थ्य सामग्रीको माग बढीरहेको छ । देशको पछिल्लो स्वास्थ्य सम्बन्धी संकटलाई मध्यनजर गर्दै संघले यसअघिनै विश्वव्यापी रुपमा सहयोग संकलनको अभियानको सुरुआत गरेको छ ।

यसै अभियानमार्फत संघले विदेशस्थित राजदूताबास, कूटनीतिक नियोग, संघका राष्ट्रिय समन्वय समिति लगायत विभिन्न नेपाली संघसंस्था तथा आम गैरआवासीय नेपालीहरुसँग सहकार्य गरिरहेका छौँ ।

यसैबीच मध्यपूर्वमा रहेका नेपालीहरुको सहयोगमा आज (शनिबार १५ मे, २०२१) मा ओमानबाट ५ सय ६० सिलिन्डर अक्सिजन नेपाल ल्याइएको हो । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् ओमानको पहल, ओमानस्थित नेपाली राजदूताबास, विभिन्न नेपाली संघसंस्था एवं आम गैरआवासीय नेपालीहरुको संयुक्त सहयोग र सहकार्यमा नेपाल ल्याइएको अक्सिजन सिलिन्डर रु ७५ लाख बराबरको रहेको छ ।

ओमानदेखि काठमाडौँसम्मको अक्सिजन सिलिन्टर ढुवानीको खर्च भने नेपाल सरकारले व्यहोरेको छ । नेपाल ल्याइएका ती अक्सिजन सिलिन्टर तत्तकान कोरोना संक्रमितहरु समक्ष पुगोस भनेर भोलि (आइतवार) नेपाल सरकारलाई हस्तान्तरण गरिने कार्यक्रम तय भएको जानकारी गराउँदछौँ ।

मध्यपूर्व देखि अक्सिजन सिलिन्टर नेपाल पुराउने अभियानमा विशेष पहलकदमी लिई हाम्रो हौसला बढाएर सहकार्य गर्नुहुने महामहिम शर्मिला पराजुली ढकालज्यू सहित गैरआवासीय नेपाली संघ (एनआरएनए) ओमानका सम्पूर्ण पदाधिकारीहरु, मध्यपूर्वमा रहनु भएका संघका केन्द्रिय पदाधिकारीहरु, गैरआवासीय नेपाली संघ अन्तर्गतका राष्ट्रिय समन्वय परिषद्हरु त्यहाँस्थित नेपाली संघसंस्था लगायत मध्यपूर्वमा रहेका गैरआवासीय नेपालीहरुप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ ।

डिबी क्षेत्री

प्रवक्ता, गैरआवासीय नेपाली संघ ।

१५ मे २०२१