सुरक्षित रहन के गर्ने ? पुजा सुनारको सबले जानौ है (भिडियो सहित)

कोरोना कहरले मानिसहरु आक्रान्त भई रहेका बेला विभिन्न व्यक्ति र संघसंस्थाहरु समाजमा विभिन्न माध्यमबाट चेतना जगाउन लागि परिरहेका छन् । यस्तै बेलामा गायिका तथा सर्जक सुनिता सुनारले चेतनामुलक गीतको भिडियो प्रस्तुत गरेकी छिन् । सपना घर्ती मगर र सबु सरगमको शब्दमा गायिका सुनार स्वयम्को संगीतमा सबले जानौं है बोलको गीतको भिडियो सार्वजनिक भएको हो । जुन गीतमा बहु प्रतिभाका धनी पवन विश्वकर्मा एक्लैले संगीत संयोजन, रेकर्डिङ, मिक्सिङ र मास्टरिङ समेत गरेका छन् ।

गीतको भिडियोमा मास्क लगाउँने, सेनिटाईजरको प्रयोग, प्रहरी तथा समुदायबीचको सहकार्य लगाएतका दृष्यहरु प्रस्तुत गरिएको छ । पवन विश्वकर्माकै छायाँकन रहेको भिडियोमा रामु विरही मल्लको सम्पादन र गायिका पुजा सुनारकै निर्देशन रहेको छ ।

बाँकी भिडियोमा हेर्नुहोस् :