जंगलबाट हातीले खेदाउदा संगै भागेर बाचेका साथि,म खोला तिर भागे,साथीलाई हातिले आक्रमण गर्न थाल्यो (भिडियो सहित)

झापा। मर्निङ्ग वाकमा गएका झापाको कमलगाउँपालिका ३ केर्खाका एक यूवाको हातीकोे आक्रमणबाट एक व्यक्तिको मृत्यू भएको छ ।
स्थानीय शिक्षक मधु अधिकारीका अनुसार ४४ बर्षीय जीतबहादुर लिम्बूलाई राजमार्ग भन्दा केही उत्तरको जंगलमा हातीले आक्रमण गर्दा घटना स्थलमै मृत्यू भएको हो ।

समुहमा निस्किएका यूवाहरु जंगलमा च्याउन खोज्न जाने क्रममा जीतबहादुरलाई हातीले आक्रमण गर्दा बिहान पाँच बजे नै ज्यान गएको अधिकारीले जानकारी दिनुभयो । घटना स्थलमा पुगेर हेर्दा त्यहाँ डरलाग्दो अवस्था देखिएको छ।  मृतकका साथि संग गरीएको कुराकानी तल भिडियोमा हेर्नुहोला ।