कलाकार रश्मी भट्टको निधनको खबर भाइरल भएपछि भाबुक हुदै मिडियामा:मिडियाले जिउंदै मार्यो भन्दै आक्रोश

काठमाडौं । नेपाली गित संगीतको माहोलमा तथा चलचित्र क्षेत्रमा बिगत लामो समय बिताएकी रश्मि भट्टको बिषयमा यो बेला निकै गलत समाचार भाइरल भएपछि भाबुक हुदै मिडियामा आएकी छिन। रश्मि भट्टले निकै नै कारुणिक अभिनय गर्दै नेपालि गीतसंगीतमा तथा चलचित्र क्षेत्रमा निकै ठुलो योगदान पुर्याएकी छन्।उनि प्रतिको गलत खबर मिडियामा आएपछि आफुलाई निकै समस्या भएको खुलाएकी छिन।

आफु रहेको सस्थाले समेत साथ् न दिएको र कलाकारहरु समेत यो बेला आफुलाई पर्दा न बोलेको भन्दै उनि आक्रोशित भएकी छिन।उनि प्रति आएको यो खबरले यो बेला धेरै झुक्किएका छन।कुन कुन मिडियाले एस्तो गर्यो भन्ने प्रश्नमा उनले नाम समेत खुलाएकी छिन भने गलत गर्ने मिडियाहरुलाई साइबरमा केस गर्ने समेत बताएकी छिन। हेरौ कुराकानी :

भखरै मात्र सार्वजनिक भएको म्युजिक भिडियोमा रश्मि भट्टको निधन भएको दृश्या कैद गरिएको छ । आमाको मुख हेर्ने दिनको अवसर पारेर सर्जक सतिश अधिकारीको परिकल्पना तथा यथार्त घट,नालाई आधारित बनाएर अधिकारीकै शब्द सृजनामा यथार्थपरक गित”आमा तिम्रै झल्को छ”सार्वजनिक भएको छ ।

आज आमाको मुख हेर्ने दिन अर्थात्(मातातिर्थ औशी)देशी भरि कोरोनाको माहामारिका साथमा पनि हर्षोल्लासका साथ् मनाई रहेका छन् । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाउने चलन रहेको छ । साथमा आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् । दिवङ्गत आमाका नाममा श्रद्धा भक्तिसाथ तर्पण, पिण्डदान र सिदादान गरिन्छ । वैशाखकृष्ण औँसीका दिन दिवङ्गत आमाले आश गर्ने भएकाले तर्पण, पिण्डदान र सिदादान सहित श्राद्ध गरे खुसी भई आशीर्वाद दिने शास्त्रीय मान्यता रहेको छ ।

गित निकै नै मार्मिक रहेको छ । नेपालि गित संगीतका हरेक बिदामा उत्तिकै माहिर गित गाउँन तथा संगीत भर्न सिपालु बिष्णु भट्टको संगित तथा स्वरमा साथमा सुनितामी परियारको स्वरमा एस थ्रीके ईन्टरटेनमेन्टको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ । सतिश अधिकारीको शब्द सृजनामा तयार बहेको गीतको संगीत एरेन्ज भने सुदिप सागरले गरेका हुन् । बिगत लामो समय देखि गित संगीतमा रम्दै रमाउदै हरेक गित संगीतलाई न्याय दिदै निर्देशन गर्दै आएका देबेन्द्र कुवरले निर्देशन गरेका छन् । प्रकाश खड्काले छायांकन गरेको म्युजिक भिडियो दिन्सन शाहले सम्पादन गरेका छन् ।

म्युजिक भिडियोमा नेपालि चलचित्र देखि हरेक गीतसंगीतका म्युजिक भिडियोमा अभिनय गर्दै आएकी लोकप्रिय आमाको भूमिकामा रश्मि भट्टले अभिनय गरेकी छन् भने प्रबासमा रहेर नेपालि गित संगीतलाई सधै उचा राख्नको लागि कला सस्कृति जग्रेना गर्नको लागि लागिरहेका सर्जक तथा मोडल सतिश अधिकारिको साथमा समिक्षा पोखरेलको अभिनय रहेको छ । म्युजिक भिडियोमा घर देश र प्रदेशको कारुणिक काहानिलाई चित्रण गरिएको छ ।

काम बिशेष र रोजगारीको लागि खुसि ल्याउछु भनेर प्रदेश बसिरहेको बेला घरमा जन्म दिने आमाको स्वर्गबास प्रश्चाप पीडादायी अवस्थामा भिडियोमा प्रस्तुत गरिएको छ । झट्ट हेर्दा खास छैन भिडियो तर खोलेर हेर्दा निकै नै कारुणिक रहेको छ ।