शिक्षक संघ को ३२औं स्थापना दिवसको अबसरमा सरोकारपक्षमा कोरोना सचेतना शुभकामना

युवराज रेग्मी
बैशाख ३० , गौरादह /
“शिक्षकको मर्यादित पेशा ,बिध्यार्थीलाई जिबनोपयोगी शिक्षा ” नारालाई आत्मसात गर्दै पेसागत हकहितका लागि स्थापना भएको नेपाल शिक्षक संघको ३२ औं स्थापना दिवसको अबसरमा कोरोना महामारीको विषम परिस्थिति लाई मध्यनजर गर्दै प्रबिधीमार्फत सुभकामना सन्देस तथा कोरोना सचेतना ब्यक्त गर्दै स्थापना दिवस मनाइएको छ ।

शिक्षकहरुले प्रबिधी मार्फत शुभकामना सन्देस सम्प्रेषण गर्दै नेपाल शिक्षक संघको ३२ औं स्थापना दिवस मनाएका छ्न ।

कोरोना भाइरस कोभिड १९ को बिश्वब्यापी महामारिले देस आक्रान्त हुदा देसभरक शिक्षण सस्थाहरु बन्द छ्न ।
यस्तो विषम परिस्थितिमा शिक्षकहरुले आफ्ना बिध्यार्थी हरुसग प्रत्यक्ष रुपमा कक्षामा उपस्थित भएर अध्यापन गराउन नसक्दा भबिस्यका कर्णधार मानिने बिध्यार्थिहरु ज्ञान हासिलगर्न पाउने नैसर्गिक अधिकारबाट बिमुख भएका छ्न ।

यश परिस्थिति लाई मध्यनजर गर्दै सम्पुर्ण पेशाकर्मी शिक्षकहरुले ऐलेको बर्तमान परिस्थितिमा प्रबिधिको माध्यम बाट शिक्षक संघको स्थापना दिवस लाई फरक ढंगबाट मनाउदै सुभकामना साथमा कोरोना सचेतना तथा साबधानी बारे जानकारि गराउन आबस्यक रहेको देखिन्छ ।

मैनबत्ती जस्तो आफै जलेर अरुलाइ ज्ञानको उज्यालो छर्ने शिक्षकहरुका पनि आफ्नै किसिमका समस्याहरु हुने गर्द्छ्न ।
आफ्ना समस्याहरू लाई थातिराखेर ऐलेको विषम परिस्थितिमा सामाजिक सद्भाव सम्प्रेषण गर्दै कोरोना बिपत्ति विरुद्ध लड्दै समाज र रास्ट्रलाई सहयोग गर्ने बेला आएको छ ।

कोरोना भाइरस कोभिड १९ को दोस्रो लहरका कारण साबधानी अपनाउदा अपनाउदै देसभर दर्जनौ शिक्षकहरुले आफ्नो ज्यान बलिदान गरिसक्नु भएको छ ।

कोरोना संक्रमणको दोस्रो लहरका कारण देसमा स्वास्थ्य समस्या झन दिनानुदिन बिकराल बन्दै गइरहेको छ । देसभरका अस्पतालहरु तथा कोभिड उपचार सेन्टरहरुमा अक्सिजन तथा उपचारमा आवस्यक औसधि लगायत सामग्रीहरुकोहरुको अभाब हुनथालेको छ ।

यस्तो विषम परिस्थितिमा कोरोना भाइरस कोभिड- १९ को दोस्रो वेभका कारण संक्रमणमा कोरोना बिरुद्द लडिरहेका तमाम शिक्षक अभिभावक तथा बिध्यार्थीबर्ग हरुमा आत्मबल बढाउदै साबधानी अपनाउन र कोरोना लाई पराजित गरि सामान्य दैनिकिमा फर्कन स्वास्थ लाभको कामना गर्न शिक्षकहरु आफै लागि पर्नुपर्ने देखिन्छ ।

यस्तो विषम परिस्थितिमा स्वास्थ्य साबधानी अपनाउनु नै पहिलो महत्वपूर्ण उपाय भएको /रहेकोले सम्पुर्ण शिक्षक महानुभाबहरु लाई आ-आफ्नो बसोबासको छेत्रमा ब्यक्तिगत दुरिमा रहेर जनचेतनामूलक सन्देस प्रबाह र सुझाब सम्प्रेषण गर्न तथा आवस्यक सहयोग पुर्याउन शिक्षकहरुको कर्तब्य हुन आउँछ ।

समाजका गहना मानिने शिक्षक बर्गलेनै समाजका रचनात्मक र सचेतनात्मक कार्यहरुमा अग्रणी भुमिका खेल्नु पर्ने अभिभावकको माग रहेको पाइन्छ ।

तसर्थ शिक्षक हरुको पेसागत सस्था नेपाल शिक्षक संघको स्थापना दिवसको अबसरमा नेपाल शिक्षक संघका संरक्षकहरु , संस्थापकहरु, पूर्व कार्यसमितिका पदाधिकारीहरु, बर्तमान संघीय, प्रदेश,जिल्ला र स्थानीय कार्य समितिका पदाधिकारीहरु, बर्तमान कार्यसमिति सदस्यहरु,निबृत्त सदस्यहरु, सेवारत सम्पुर्ण शिक्षकहरुले आफ्ना अभिभावक र बिध्यार्थीहरुलाइ शुभकामनाको साथमा सचेतना फैलाउदै कोरोना बिपत्तिमा धैर्यधारण गर्दै अघिबड्न सरोकार पक्षहरूलाई सचेत गराउनु पर्ने देखिन्छ ।

अन्त्यमा नेपाल शिक्षक संघको ३२औं स्थापना दिवसको अवसरमा सुभकामना ।

(शिक्षक रेग्मी नेपाल शिक्षक संघ , गौरादह नगर स्थानिय समितीका
अर्थ -सचिव हुन )