नेपालमा Covid -19 महामारीको लागि उम्मेदवारहरुले नै १८१,१०० डलरको सहयोग गरौँ !

प्रेश बिज्ञप्ति

मे १०, २०२१

अहिले नेपालमा Covid -19 महामारीको कारण दिनहुँ संयौंले ज्यान गुमाएका छन्। हजारौ संक्रितको अवस्था पनि चिन्तित छ। हामी अमेरिकाका नेपालीहरु पनि Covid -19 महामारीको बबोजूद एन आर एन अमेरिकाको चुनाबमा हुमिएका छौं। नेपालमा सानो सहयोग पुराउने हेतुले उम्मेदवारहरु र अन्य सम्पूर्ण एन आर एन हरुको लागि अलग अलग अनुरोध गर्दुछु।

क) एन आर एन चुनाबका उम्मेदवारहरुको लागि : – यस्तो बिकराल स्थितिमा एन आर एन चुनाबको प्रचार प्रशार प्रतक्ष्य प्रचार ठूलो जमघट, ठूलो पार्टी नगर्न र सो गरेको कुरा मेडियामा प्रशार नगरिदिन हुन् अनुरोध छ। नेपाली नेपालीको लागि लागेका एन एन आर एन का ४२४ उमेदवारहरुले चुनाब नोमिनेशनको लागि बुझाएको बराबरको रकम एन आर एन अमेरिकाले खोलेको Gofundme मा आफनो उम्मेदवार पहिचान हुने गरि दोश्रो प्रकाशित उमेदवारी लिस्टको क्रम संख्या समेत राखेर सहयोग गरि दिन हुन् म एक उमेदवारको हैसियतले समेत निबेदन गर्दछु।

गत हप्ता ४ उम्मेदवार अधक्ष्यहरु तथा कार्य समितिहरु समेतलाई यो अनुरोध गरेकोमा सकारात्मक काम भएको महसुस गरेको छैन। ति समूहहरुले ले नै आफनो सहयोग शुरु गरि हामी सदस्यहरुको सेवामा सम्र्प्रित छौं भन्ने राम्रो समाचार प्रबाह गरिदिन समेत अनुरोध छ ।

कुन पदका कति र उनीहरुले सहयोग गर्ने रकम र जम्मा रकम गरि कुल जम्मा १८१,१०० डलरको विवरण तल छुटै पाना दिइएको छ। उक्त १८१,१०० डलरको रकम ४६० गाउँपालिकामा दामाशाही बितरण गर्ने ब्यबस्था गर्न समेत अनुरोध छ। ४६० गाउँपालिकामा ४२४ उमेदवारले ले सहयोग पुरयाउन एक उमेदवार ले एक गाउँपालिकामा निर्वाचन को दौडमा नै सहयोग गर्नु पाउनु पनि अहो भाग्य हुने छ।

ख) सम्पूर्ण एन आर एन अमेरिकाहरुको लागि :- सबै नेपाली अमेरिकन नेपालीहरुले आफनो आफनो वडामा प्रत्येक बयस्कहरुले नेटवर्क गरि १००/१०० डलर सहयोगगर्न हुन् अनुरोध छ। नगरपालिका महानगरपालिकाको हकमा वडामा नेटवर्क को कार्य ति वडालाई ५ -१० समूह बनाएर गर्न सहज हुने कुरा पनि अनुरोध छ। एन आर एन सदस्यहरु र एन आर एन संस्था हरुले पनि यो मोडेलमा काम गरे बढी प्रभाब हुने र सहयोगको समुचित संकलन र वितरण हुने कुरामा दुईमत न होला सो अनुसार सहयोग गर्न अनुरोध छ ।

CLICK HERE TO DONATE

एकबहादुर क्षत्री

एन आर एन अमेरिका को एन एन सी को बोर्ड सदस्य उमेदवार

तथा अधक्ष्य नेपाली अमेरिकन सीपीए संघ

Madison WI 53705 फोन :६०८-५०९-८०७५