प्रकाश सपुतले ‘मैले यसरी जितेँ कोरोना’ भन्दै गरे सबैलाई यस्तो आग्रह, तुरुन्तै हेर्नुहोस् !

काठमाडौं । गायक प्रकाश सपूतले सबैको शुभेच्छा र आफ्नो उच्च आत्मविश्वासले कोरोना जितेको बताएका छन्। सपूत मंगलवार कोरोना मुक्त भएका हुन्। उनले आफू र भाई देवेन्द्र बल्लु कोरोना मुक्त भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्।

साथै कोरोना जित्न सकिन्छ भन्ने आत्मविश्वास बाँड्न चाहने समेत उनले बताएका छन्। उनको यहीँ वैश्वाख १७ गते कोरोना रिपोर्ट पोजेटिभ आएको थियो। कोरोना भएपछि उनी होम आइसोलेसनमा बसेका थिए। त्यसपछि उनका भाइलाई पनि कोरोना पृष्टि भएको थियो। साथै अहिले प्रकाशकी आमा पनि कोरोना संक्रमित छिन्।

आमा बलियो आत्मविश्वासका साथ कोरोनासंग जुधिरहेको र छिट्टै कोरोनालाई जित्ने विश्वास लिएको प्रकाशले बताएका छन्। यस्तो बेला आफू सुरक्षित र सकरात्मक भएर सतर्कता अपनाएर संक्रमितलाई हौसला र आत्मबल प्रदान गर्न समेत उनले आग्रह गरेका छन्।

उनले लेखेको स्टाटस जस्ताको तस्तै :

नाता र भावना ले जोडिएका आफन्त ईस्टमित्र एंव कलाकारीता मार्फत जोडिनुभएका संसारभरिका नेपाली शुभेच्छुक शुभचिन्तकहरुको शुभेच्छा र हाम्रो उच्च आत्मबलले कोराना पराजित भएको छ । भाई देबेन्द्र र म निको भएका छौ । विभिन्न माध्यमबाट शुभेच्छा प्रकट गर्नुहुने तपाई सबै सबै लाई धेरै धेरै धन्यबाद कोरोना जित्न सकिन्छ । यो आत्मविश्वास बाढ्न चाहन्छौ । तर आमा पनी संक्रमित हुनुहुन्छ । बलियो आत्मविश्वासका साथ जुधिरहनुभएको छ । आमाले पनी कोरोना जित्नुहुनेछ । आज आमाको मुख हेर्ने दिन यसरी दुरी राखेरै भए पनी हामीले आमालाई माया र कृतज्ञ प्रकट गर्यौ । भावनात्मक हिसाबले यो तस्विर निकै पिडादायिक छ । सतर्कता अपनाएर संक्रमितलाई हौसला र आत्मबल प्रदान गरौ । सुरक्षित र सकरात्मक रहौ

यो पनि पढ्नुहोस् :

काठमाडौं : वरिष्ठ संचार कर्मी रवी लामीछानेद्वारा भोलि बाट सेवा शुरु हुने गरि काठमाडौ,बालाजुमा अवस्थित जनमैत्री अस्पतालसँग सहकार्य गरेको भनि जानकारी गराउनुभएको छ । जहाँ निम्न आए भएका विरामीले निशुल्क सेवा पाउने बताउनुभएको छ ।

आफ्नो फेसबुक पेज मार्फत उहाँले जानकारी गराउनुभएको हो।

उहाँले लेख्नुभएको छ :

भोलि बाट सेवा शुरु हुने गरि काठमाडौ,बालाजुमा अवस्थित जनमैत्री अस्पतालसँग हामीले सहकार्य गरेका छौ। उपचार खर्च तिर्न नसक्ने कोभिडका बिरामीको सम्पुर्ण खर्चको जिम्मेवारी अब हाम्रो हुनेछ र जनमैत्री अस्पतालले सरकारले तोके भन्दापनि सस्तोमा उपचार गर्दैछ। सक्नेले तिर्नु होला नसक्नेले पर्दैन, हामी छौ।

“कामका कुरा”कार्यक्रम मार्फत प्रति ब्यक्ती १९ रुपैयाँबाट हामी खर्चको जोहो गर्दैछौ। चन्दा होइन, म सँग ४५ मिनेट जति मोबाइलमा Quiz खेले पुग्छ (को बन्छ करोडपति जस्तै)।अस्पतालले भोलिबाट सेवा शुरु गर्दैछ। भोलि राति ८ बजे बाट म “कामका कुरा” कार्यक्रम मार्फत Quiz को परिक्षण शुरु गर्दैछु। यसकालागि DOKO App डाउन्लोड गरि रजिस्ट्रेशन गर्नु पर्नेछ।

म लगायत कसैले पनि यसबाट पारिश्रमिक लिने छैनन्। बरु ३ महिनाको लागि मेरो ब्यक्तीगत गाडी र Galaxy 4k को १२ जना अट्ने भ्यान अस्पतालमा नै रहन्छ। सबै तयारी लगभग सकियो,अक्सिजन संकलनमा मद्दत चाहिएको छ। Risk लिएरै भएपनि यो नयाँ प्रयोग गर्दैछौ। बाकी यो भिडियोमा…

थप भोलि राती ८ बजे। वरिष्ठ संचार कर्मी रवी लामीछानेद्वारा खोलिएको कर्णाली प्रदेशको कालीकोटमा स्थापना गरिएको रास्कोट अस्पतालमा कार्यरत स्वास्थ्य कर्मीलाई प्रोत्साहन भत्ता स्वरुप ५०% भत्ता दिने निर्णय भएको छ। हिजो आफ्नो फेसबुक पेज मार्फत उहाँले जानकारी गराउनुभएको हो।

उहाँले लेख्नुभएको छ,” ठिक समयमा अस्पताल शुरु गरेका कारण दुर्गम कालीकोटमा यो बिपत्तिमा सेवा प्रदान गर्न सकिएको छ। स्वास्थ्यकर्मीलाई ५० प्रतिशत भत्ता दिन्छौँ , जनशक्ति अभाव हुन दिन्नौँ भन्ने सरकारले रास्कोट अस्पतालका स्वास्थ्यकर्मीहरुलाई यो सुबिधा दिने/नदिने केही जानकारी दिएको छैन।तर सरकारले नदिएपनि हामी जसरी पनि ५० प्रतिशत भत्ताको जोहो गर्नेछौ। यसैपनि हाम्रो टिमले भत्ताको लोभमा सेवा गरेको छैन, गर्दैन।रास्कोट अस्पतालका स्वास्थकर्मीहरु प्रति सलाम।”

यदि तपाईं बाटोमै कहिँ अ’ल’प’त्र परेर बाध्य हुनुभएको छ,अस्पतालमा बेड पाउनुभएको छैन,एम्बुलेन्स नपाएर ह’स्पिटल पुग्न स’किरहनुभएको छैन भने अब तपाईंहरूलाई रबी लामिछाने र उहाँको टीम Galaxy 4K मार्फत सहयोग प्राप्त गर्न सक्नुहुनेछ।बि’रा’मी बि’रा’मी नै हो कसैको पद बि’रा’मी होइन मान्छे बि’रा’मी हो।यदि बि’रा’मी’लाई बि’रा’मीको अगाडि कोही मान्छेको पदलाई हेरेर सेवा दिइन्छ भने त्यो अस्पताल अब अस्पताल रहँदैन।

सहयोगका लागि एन टी सी का ग्राहकहरूले ९८५१३२२१११ नम्बर कल गर्न सकिनेछ भने एन सेलका ग्राहकहरूले ९८०१०३८१८१ मा कल गरेर सम्पर्क गर्न सकिन्छ।

यो पनि पढ्नुहोस् :

काठमाडाैं : हाल केही दिन यता नेपाल वायु प्रदूषणको चपेटामा परिरहेको छ। नेपाल सरकारले केही दिन अगाडि बालबालिकाको स्वास्थ्यलाई मध्ये नजर गरेर बिद्यालयहरु समेत बन्द गरेको थियो। तर दुर्भाग्यवश, यही बेला नेपालमा कोरोना संक्रमितको संख्या पनि बढ्दो क्रममा छ। हाल सरकारले डढेलोलाई वायु प्रदू षण हुनुको प्रमुख कारक मानेको छ। वायु प्रदूषण र कोरोना संक्रमण दुवैको शुरुवाती स्वास्थ्य समस्याहरु लगभग मिल्दो जुल्दो हुने हुँदा मानिसहरु प्रदूषणले कि कोरोना भाइरसले होला भनेर अलमलमा पर्ने गरेको पाइन्छ।

अनाश्यक रुपमा अस्पताल जाँदा कोरोनाको जोखिम त छदैछ। अमेरिकी सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) का अनुसार यी निम्न लक्षणहरुको आधारमा कोरोना संक्रमण हो/होइन भनेर अनुमान गर्न सकिनेछ। यी निम्न लक्षणहरु वायु प्रदुषणले (डढेलो) नभई कोरोना संक्रमणको कारणले हुन् सक्नेछ। १) ज्वरो आउनु, २) जाडो महसुस हुनु, ३) मंशपेशिका वा जिउ दुख्नु, ४) वाकवाक लाग्नु वा बान्ता हुनु, ५) पखाला लाग्नु, ६) स्वाद हराउनु, ७) गन्ध थाहा पाउने क्षमतामा ह्रास आउनु।

तर यी निम्न लक्षणहरु भने दुवै वायु प्रदुषण (डढेलो) र कोरोना संक्रमणमा देखिन सक्नेछ। १) खोकी (सुख्खा) लाग्नु, २) घाँटी दुख्नु वा खस खसाउनु, २) सास फेर्न अफ्ठ्यारो हुनु, ३) टाउको दुख्नु, ४) थकित हुनु। वायु प्रदुषण (डढेलो) तथा कोरोना संक्रमण दुवै हुँदा देखिने समान लक्षणहरु भए थप जानकारीहरु लिँदा छुट्याउन सहज हुनेछ।

जस्तै, हालै कोरोना भाइरस फैलिरहेको ठाउँको भ्रमण इतिहास भए/नभएको, कोरोना संक्रमितसंग भेटघाट भए/नभएको वा संगै बस्दै आएको/नआएको, काम गर्ने स्थानमा कसैलाई संक्रमण पुष्टि भए/नभएको, कुनै सभा/सम्मेलन/पार्टी/उत्सव/समारोहमा सामेल भए/नभएको जस्ता प्रश्नहरु कोरोना संक्रमण हो/होइन भनेर छुट्याउन महत्वपूर्ण हुनेछ। त्यसपछि भने प्रयोगशाला परीक्षणको लागि पठाउन सकिने छ। प्रयोगशाला परीक्षणबाट मात्र कोरोना भाइरसको निदान गर्न सकिनेछ।

याे पनि पढ्नुस् ।

कोरोना भाइरस (कोभिड–१९) को प्रमूख लक्षण उच्च ज्वरो, खोकी तथा सास फेर्न गाह्रो हुनु हो। यसका लक्षण शरीरमा भाइरस प्रवेश गरेको २ देखि १४ दिनमा देखा पर्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ। यहाँ कोरोनाका १० लक्षण र ती लक्षण देखा परे अन्यमा सर्न नदिन के गर्नुपर्छ भन्ने बारे चर्चा गरिएको छ। सास फेर्न गाह्रो हुने : सास फेर्न गाह्रो हुने सामान्यतः कोरोना भाइरसको सुरुवाती लक्षण होइन। तर यो सबभन्दा गम्भीर लक्षण हो। विज्ञका अनुसार यो खोकी बिना पनि हुन्छ। यदि तपाईँलाई छाती कसिएको जस्तो महसुस भएर लामो सास फेर्न सक्नु भएको छैन भने तुरुन्त विज्ञ डाक्टरसँग सम्पर्क गर्ने र परामर्श लिनुपर्ने हुन्छ।

उच्च ज्वरो : उच्च ज्वरो कोरोना भाइरसको खास लक्षण हो। तर शरीरको सामान्य ताप व्यक्तिपिच्छे फरक हुने गर्छ। जसले मानिसमा केही भ्रम समेत पैदा भएको छ। विज्ञहरूले ३७ डिग्री सेल्सियस अर्थात् ९८.६ फरेनहाइटलाई औसत शरीरको ताप भनेका छन्। तर कतिपयको सामान्य ताप सोभन्दा कम हुने गरेको छ। त्यसैले १०० डिग्री भन्दा माथि मात्र असमान्य भनिए पनि सोभन्दा कम ज्वरो पनि कतिपयलाई खतरा हुने बताइएको छ। औसत मानिसले १०० डिग्रीभन्दा माथि ज्वरो भएपछि मात्र शरीरको ताप बढेको महसुस गर्ने गरेको विज्ञहरूले बताएका छन्।

सुक्खा खोकी : खोकी सामान्य रुघामा पनि लाग्ने गर्छ। तर कोरोना भाइरस संक्रमण भएका व्यक्तिमा सुक्खा खोकी लाग्ने गरेको छ। यो सामान्य खोकी भन्दा अप्ठ्यारो महसुस गराउने फरक खोकी हो। अध्ययनका अनुसार यो खोकी घाटी सफा गर्नलाई भएको खोकी जस्तो होइन। अन्य खोकी लाग्दा व्यक्तिले खकार्ने गर्छ। घाँटी सफा गर्छ। तर यसमा त्यस्तो हुँदैन।संक्रमित बिरामीहरूको भनाइअनुसार यसमा भित्री छातीमा खोकी हुन्छ। तर सुक्खा खोकी हुने भएकाले निकै पीडादायी हुन्छ।

दृष्टि भ्रम हुने तथा शरीर दुख्ने : कोरोना संक्रमण हुँदा दृष्टिभ्रम हुने तथा शरीर दुख्ने गरेको पाइएको छ। कोरोना संक्रमित सीएनएनका पत्रकार क्रिस क्यूओमोले यस्तो महसुस गरेको बताएका छन्। उनले राती कोही आएर आफूलाई कुटिरहेको जस्तो लागेको र पछि शरीर दुख्न थालेको बताएका छन्। उनले कहिल्यै नदेखेका कलेजका मान्छे तथा आफ्ना बाबुसँग कुरा गरिरहेको भ्रम भएको पनि बताएका छन्। ‘म भ्रमित भइरहेको थिएँ’, उनले भनेका छन्, ‘मसँग मेरो बुवा कुरा गर्दै हुनुहुन्थ्यो। मैले कलेजमा कहिल्यै नदेखेका मान्छेहरू देखिरहेको थिएँ।’

अचानाक अलमल र भ्रम : कोरोनाको लक्षणमध्ये अचनाक अलमल वा भ्रम हुनु पनि एक जटिल लक्षण हो। अमेरिकाको रोग नियन्त्रण तथा निवारण केन्द्रका अनुसार यस्तो लक्षण देखा परे तुरुन्त सघन कक्षमा उपचार गर्नुपर्ने हुन सक्छ। त्यसैले ओठ निलो हुँदै गयो तथा सास फेर्न गाह्रो समेत हुँदै गयो र बिरामी अचनाक अलमल हुन थाल्यो भने तुरुन्त स्वास्थ्य विशेषज्ञको सल्लाहमा अस्पताल भर्ना गर्नुपर्छ।

पाचनमा समस्या : सामान्यतः श्वासप्रश्वासको रोगमा पेट सम्बन्ध समस्या हुने कुरामा ध्यान जाँदैन। तर कतिपय कोभिड–१९ संक्रमितहरूमा पाचन समस्या पनि देखिएको छ। सीएनएनका प्रमूख संवाददाता डा. सञ्जय गुप्ताका अनुसार केही संक्रमितमा पखाला र ग्यास्ट्रिकको समस्या समेत देखिएको छ।

गुलाबी आँखा : चीन, दक्षिण कोरिया तथा विश्का अन्य क्षेत्रका संक्रमितमा गरिएको अध्ययन अनुसार करिब १ देखि ३ प्रतिशतमा गुलाबी आँखा हुने लक्षण देखिएको छ। यो पातलो झिल्लीको रूपमा हुन्छ। यसले आँखाको सेता भागलाई ढाक्ने गर्छ। गन्ध र स्वाद थाहा नपाउने गन्ध र स्वाद थाहा नपाउनु पनि कोरोना भाइरसको एक लक्षणको रूपमा पछिल्लो समय पत्ता लागेको छ। डा. गुप्ताका अनुसार यस्ता लक्षण भएका बिरामीको संख्या बढिरहेको छ। तर यो लक्षण भाइरस संक्रमणको सुरुवातमा भने देखिएको छैन।

थकान महसुस हुने : कतिपय संक्रमितमा सुरुवातमै चरम थकान भएको देखिएको छ। डब्लूएचले ६ हजार संक्रमितमा गरेको अध्ययन अनुसार करिब ४० प्रतिशतमा यस्तो लक्षण देखा परेको छ।

टाउको दुख्ने तथा घाँटी दुख्ने : डब्लूएचओले चीनका ६ हजार संक्रमितमा गरेको अध्ययन अनुसार १४ प्रतिशतमा यस्तो लक्षण देखा परेको छ। यी लक्षण अन्य फ्लूको जस्तै भएको विज्ञले बताएका छन्।

विज्ञका अनुसार कोरोना संक्रमण हुँदा सामान्यतः चिसो वा रुघा लागेजस्तो हुने त्यसपछि ज्वरो र खोकी समेत लाग्ने गरेको छ।