जुठे आजको नेपाली सिरियल हेर्नुहोस !

काठमाडौं , चर्चित नेपालकै कमेडी सिरियल नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको मेरि बास्सैबाट छुट्टिएका कलाकार मरिचमान श्रेष्ठ ( बल्छी) र राजु पौडेल (मास्टर) ले नयाँ सिरियल लिएर आएका छन् । राजु मास्टर र बल्छी भने पछि निकै नै लोकप्रिय हास्य कलाकार हरु हुन् ।

‘हल्का रमाइलो’ नामको हाँस्यटेलिसिरियल हरेक आइतबार राती ९ बजे नेपाल टेलिभिजन र बल्छी धुर्बे युट्युब च्यानल बाट दर्शकले हेर्न पाउनेछन् ।

राजु मास्टर र बल्छिको लेखन तथा निर्देशनमा तयार पारिएको हाँस्यटेलिसिरियल “हल्का रमाइलो” मा : राजु पौडेल, मरिचमान श्रेष्ठ, अनिता बस्नेत, कमला रेग्मी, दीपक शर्मा, पल्लवी महरा, बेगम पुन मगर, पुष्कर ढुङ्गेल, कुमार गजुरेल, उज्ज्वल खड्का, लगायत कलाकारहरु रहेका छन् ।

रमाइलो सँगै गाउँ समाज टोलमा हुने वास्तविक घट्नालाई सन्देशमुलक तरिकाले प्रस्तुत गरिएको पहिलो भागलाई दर्शकले राम्रो प्रतिक्रिया दिइरहेका छन् ।

सिरियलको शिर्ष गीतमा राई इज किङ्ग राजेश पायल राईले स्वर दिएका छन् । “हल्का रमाइलो” भाग ६८ हेर्नुहोस ।