जनमैत्री अस्पतालको लागी बेलायत बाट जानकी र कुमुद ज्यु ४० हजार सहयोग !

मोडल / नायिका / समाज सेवी जानकी पन्त ज्यु को सहयोग सुनिता गुरुङ (बेल्जियम) बाट सामाजिक संजालमा लेख्नु हुन्छ :
हार्दिक धन्यवाद!हार्दिक आभार!हार्दिक नमन।🙏🇳🇵
जनमैत्री अस्पताल, Galaxy 4K र रबि लामिछाने फाउन्डेसनको सहकार्यमा आर्थिक अबस्था कमजोर भइ उपचार गर्न असमर्थ र उपचार नपाएका बिपन्न आम जनतालाई सर्वसुलभ र नि:शुल्क सेवा शुचारु हुन लागिरहेको छ।
यस महान पबित्र अभियानमा जनमैत्री स्वास्थ्यकर्मी तथा बिरामीहरुको उचित उपचारको निम्ति राहत स्वरुप जम्मा Rs.20,512/- (twenty thousands five hundred and twelve rupee
only) आर्थिक सहयोग गर्नु हुने सहयोगी परोपकारी मनका धनी बेलायत (UK) निवाशी जानकी पन्त प्रती हार्दिक आभार प्रकट गर्दछु।
यस बिषम परिस्थितिमा उहाँको साथ, सहयोग र योगदानको उच्च कदर गर्दछु।साथै उहाँ र उहाँको सम्पुर्ण परिवारजनमा सु-स्वास्थ्य र दिर्घायुको पनि कामना।
कोरोना महामारी र यसबाट उत्पन्न बिषम परिस्थितिमा सबैले आ-आफ्नो ठाँउबाट हातेमालो गरौँ।
घर घरमा सुरक्षित रहेर स्वास्थ्य उपचारबाट बन्चित पीडितहरुलाई नयाँ जीवन दिन सबै मिलेर अघि सरौ।
सहयोग तथा सम्पर्कको लागी:
सुनिता गुरुङ (बेल्जियम)
ज्वाला सङ्ग्रौला (नेपाल)

नायक / मोडल कुमुद पन्त ज्यु को सहयोग सामाजिक अभियन्ता ज्वाला संग्रौला ज्युले सामाजिक संजाल मार्फत लेख्नु हुन्छ :

रबिदाईको नेतृत्वमा संचालन हुन गैरहेको जनमैत्रि अस्पतालको सहयोगार्थ सहयोगी मनका धनी , समाजसेवी आदरणीय Kumud Pant ज्युले 20,140 (बीसहजार एकसय चालीस) रुपैया आर्थिक सहयोग उपलब्ध गराउनु भएको छ । यस बिपतिको बेला मानवीय धर्म निभाउनु भएकोमा वहाप्रति हार्दिक नमन ।