मणिपाल अस्पतालमा बिरामीको आफन्त र डाक्टरबिच लफडा, हस्पिटलकै बिजोक छ, मान्छे कसरी बचाउँला ? (भिडियो सहित)

कोभिड संक्रमित एक पुरुषको मृत्यु पछि मणिपालमा उनका आफन्तहरुले चिकित्सकको लापरबार्हीका कारण ज्यान गएको बताएका छन् । दैनिक हजारौ तिरेर पनि उपचारमा उनीहरुले कमजोरी गरको बताए । बिहान ठिक भएको बिरामी अक्सिजन अभाबले ज्यान गुमाउनुपरेको दुखेसो पोख्दै उनीहरुले अस्पतालले उचित क्षतिपुर्ति दिनुपर्ने बताए । अक्सिजन छ मेसिन छैन घरी मेसिनले काम गर्छ घरी ईरर आएर अक्सीजन बन्द हुन्छ मृतकका परिवारका सदस्यले खुलासा गरे । बिहान आईसियूमा लान भनियो तर आईसियूमा ठाउँ नै छैन, न बेड छ न अक्सिजन । बल्ल बल्ल अक्सिजन लगायो मेसिनले काम गर्दैन अक्सिजन नै पास हुँदैन । यस्तो काम नलाग्ने मेसिन राखेर मणिपालले बिरामीबाट लुटेको उनीहरुको आरोप छ । आईसियूमा ठाउँ नभए आफूहरुले अन्य अस्पतालमा लान सक्ने बताउँदै त्यहाका डाक्टरहरुले त्यसबारे कुनै जानकारी नदिई बसेको समेत उनीरुको गुनासो छ । उपचारमा संलग्न डाक्टरका अनुसार फोक्सोले अक्सिजन ग्रहण गर्न नसकेर ज्यान गएको बताउँछ । अरु कुरा बुझ्न अस्पताल प्रशासनमा जान समेत भनेको छ । हेर्नुहोस् यो पीुडादायीक भिडियो ।