जनमैत्रि अस्पतालको सहयोगार्थ सहयोगी मनका धनी कुमुद पन्तको बीसहजार एकसय चालीस रुपैया आर्थिक सहयोग !

नायक / मोडल कुमुद पन्त ज्यु को सहयोग सामाजिक अभियन्ता ज्वाला संग्रौला ज्यु ले सामाजिक संजाल मार्फत लेख्नु हुन्छ :

रबिदाईको नेतृत्वमा संचालन हुन गैरहेको जनमैत्रि अस्पतालको सहयोगार्थ सहयोगी मनका धनी , समाजसेवी आदरणीय Kumud Pant ज्युले 20,140 (बीसहजार एकसय चालीस) रुपैया आर्थिक सहयोग उपलब्ध गराउनु भएको छ । यस बिपतिको बेला मानवीय धर्म निभाउनु भएकोमा वहाप्रति हार्दिक नमन ।

रबिलामिछाने लेख्नु हुन्छ :
भोलि बाट सेवा शुरु हुने गरि काठमाडौ,बालाजुमा अवस्थित जनमैत्री अस्पतालसँग हामीले सहकार्य गरेका छौ। उपचार खर्च तिर्न नसक्ने कोभिडका बिरामीको सम्पुर्ण खर्चको जिम्मेवारी अब हाम्रो हुनेछ र जनमैत्री अस्पतालले सरकारले तोके भन्दापनि सस्तोमा उपचार गर्दैछ। सक्नेले तिर्नु होला नसक्नेले पर्दैन, हामी छौ। “कामका कुरा”कार्यक्रम मार्फत प्रति ब्यक्ती १९ रुपैयाँबाट हामी खर्चको जोहो गर्दैछौ। चन्दा होइन, म सँग ४५ मिनेट जति मोबाइलमा Quiz खेले पुग्छ (को बन्छ करोडपति जस्तै)।अस्पतालले भोलिबाट सेवा शुरु गर्दैछ। भोलि राति ८ बजे बाट म “कामका कुरा” कार्यक्रम मार्फत Quiz को परिक्षण शुरु गर्दैछु। यसकालागि DOKO App डाउन्लोड गरि रजिस्ट्रेशन गर्नु पर्नेछ। म लगायत कसैले पनि यसबाट पारिश्रमिक लिने छैनन्। बरु ३ महिनाको लागि मेरो ब्यक्तीगत गाडी र Galaxy 4k को १२ जना अट्ने भ्यान अस्पतालमा नै रहन्छ। सबै तयारी लगभग सकियो,अक्सिजन संकलनमा मद्दत चाहिएको छ। Risk लिएरै भएपनि यो नयाँ प्रयोग गर्दैछौ। बाकी यो भिडियोमा… थप भोलि राती ८ बजे।