गण्डकी प्रदेशका मूख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले दिए राजिनामा

गण्डकी प्रदेशका मूख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पदबाट राजिनामा दिएका छन् । उहाँले गण्डकी प्रदेश प्रमुख सीता पौडेलसमक्ष आइतबार अपरान्ह राजीनामा बुझाएका हुन् । आउँदो २७ गते उनीमाथी पेश भएको अविश्वाको प्रस्तावबारे मतदान तोकिएको थियो । मतदान अगावै उनले राजिनामा दिएका हुन् ।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले दिएको राजिनामा स्वीकृत गर्दै प्रदेश प्रमूख सीता कुमारी पौडैलले तीन दिन भित्र नयाँ सरकार गठनका लागि दलहरुलाई आव्हान समेत गरेकी छन् । गण्डकी प्रदेश प्रमूखको कार्यालयका अनुसार नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम ३ दिनभित्र सरकार गठनको आव्हान गरिएको छ ।
प्रदेशमा अर्काे मन्त्रीपरिषद गठन नभएसम्म नेपालको संविधान को धारा १६९ को उपधारा (३) बमोजिम गुरुङको नेतृत्वको मन्त्रीपरिषदले कार्य संचालन गर्ने प्रदेश प्रमूखको कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाएको छ