सौरब र उर्मिला फिचर्ड ‘चोली तिम्रो’ सार्वजनिक (भिडियो)

काठमाडौँ । अमेरिकाको ओहायो राज्य निवासी गीतकार तथा संगीतकार प्रेम रामदामले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो ‘चोली तिम्रो’ सार्वजनिक गरेका छन्।

प्रेमिल शैलीको यस गीतमा गायक किरण भुजेल र प्राश्ना शाक्यको युगल गायन सुन्न सकिन्छ। फणिन्द्र राईले यस गीतलाई संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा सौरब तामाङ र उर्मिला योञ्जन तामाङ बीचको प्रेम र रोमान्सलाई प्रस्तुत गरिएको छ।

पुर्वको सुन्दर चिया बगान वरपर छायांकन गरिएको यस भिडियोलाई तिलक रिजालको छायांकन, सम्पादन र निर्देशनमा तयार पारिएको हो। एसटिएम मुभीमा पोस्ट प्रडक्शन गरिएको यस भिडियोलाई ‘गोलो प्रडक्शनको आधिकारिक च्यानल मार्फत सार्वजनिक गरिएको हो।

भिडियो लिंक: