सत्यदेवी बरालको किर्तन (भजन) हरेराम बिश्व बजारमा

चर्चित गायक पशुपति शर्मा र देबी घर्तीलाई साथ लिएर आमा सत्यदेवी बरालले यो बन्दावन्दीको समयमा “जीबनको सार- हरेराम” नमस्ते पोखरा युटुबबाट विश्व बजारमा रिलिज गरेकी छिन ! अत्यन्तै राम्रा शब्दहरू कोर्ने गायीका सत्यदेवी बराल स्वयमको जोश जागर र उर्जा यस किर्तनमा हेर्न पाइन्छ।भगवान राम र कृष्णलाई पुकार्दै यो विचित्रको संसारबाट थाकिसकेको साथै विश्वमा कहि पनि शान्ति नरहेको त्यसैले सवैको मनमा बिरहको पैह्रो गईरहेको समेत गीतमार्फत उजागर गरेकी छ्न ! जन्ममृत्यु सुख दुख करिमको खेल हो भगवानको नाम साँचो हो तर मायाको खेल झुटो हुन सक्छ भन्दै जन्मभूमी, ज्ञान र तपको भुमी हो भनेर संसारमा भलोहोस भन्दै भगवान संग पुकार गरेकीछिन। अत्यन्तै राम्रा शब्द अनी लय संयोजनमा बनेको यो किर्तनमा स्वयम सत्यदेबी बरालसंगै चर्चित गायक पशुपती शर्मा र देवी घर्तिको स्वरले गीतलाई उत्कृस्ट बनाएको छ ! यस गीतमा संगीत संयोजन बिनोद बाजुरालीको छ । चर्चित गायक पशुपती शर्माको स्वर संगै भिडियोमा समेत उनलाई देख्न पाइन्छ ! पोखराको राम मन्दीरमा छायांकन गरिएको भिडियोको निर्देशन नमस्ते पोखराका संचालक निर्देशक छबि सुवेदीले गरेका छन ! यस गीतमा छायांकन: शिबराजा भूर्तेल, सह-छायांकन : सुरेशभुर्तेल श्रृगार : बिनिता पौडेल सुबेदी सम्पादन/रंगरोगन: सुवास अम्गाईले गरेका छन ! नमस्ते पोखरा ब्रोडकास्टीङ्ग स्टुडियो प्रालीको अडियो / भिडियो रहेको यो किर्तन (भजन ) मोफसलमा बनेको उत्कृस्ट गीत मान्न सकिन्छ !