नेपालकी पहिलो महिला र सबैभन्दा काम उमेरकी सिइओ उपासना पौडेल

यूनाइटेड इन्स्योरेन्स कम्पनी(नेपाल) लि. को प्रमुख कार्यकारी अधिकृत पदमा आगामी ४ वर्षका लागि उपासना पौडेललाई नियुक्त गरिएको छ । योसँगै पौडेल बीमा क्षेत्रको प्रथम र हालसम्मकै कम उमेरको महिला प्रमुख कार्यकारी अधिकृत (३४ वर्ष) बनेर ईतिहास रचेकी छिन् ।

नवनियुक्त सीईओ पाैडेलसँग बीमा क्षेत्रकाे विगत एक दशकभन्दा बढि कार्यानुभव छ । यसअघि उनले यही कम्पनीमै निमित्त प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गर्दै आएकी थिइन् ।

भारतको दिल्ली विश्वविद्यालयको फ्याकल्टी अफ म्यानेजमेन्ट स्टडिज (एफएमएस) बाट एमबीएसम्मको अध्ययन पुरा गरेकी उनी भारतमा नै बीमा व्यवसयाको क्षेत्रमा प्रवेश गरेकी हुन् ।

उनको कार्य सम्पादनप्रति सन्तुष्ट कम्पनीले उनलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो । कम्पनीको प्रगति सन्तुष्ट ग्राहक तथा दक्ष जनशक्तिबाट संभव हुने कुरामा विश्वास लिने उनी कर्मचारीको टीम वर्कलाई विशेष ध्यान दिन्छिन् । युनाइटेडमा उनको प्रवेशसँगै कम्पनी निरन्तर अगाडि बढिरहेको थियो र उनी प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त भएसँगै इन्स्योरेन्स थप उचाईमा पुग्ने कम्पनीको विश्वास छ ।

हार्दिक बधाई उपासना पौडेललाई र उन्को कार्यकाल उल्लेख्य उपलब्धीका साथ सम्पन्न होस – हार्दिक शुभकामना!!!

श्रोत: लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक एबं अन्तराष्ट्रिय नेपाली कलाकार समाजका विस्व सल्लाहकार रामकुमार श्रेष्ठ (Twitter @Ramkshrestha) को फेसबुक पेज