अहिले महामारी निकै बढेको छ | यस्तो प्रतिकुल अवस्थामा हामीहरु सकभर घरभित्र बसौं |

डा.रबिन्द्र पाण्डे
अहिले महामारी निकै बढेको छ | यस्तो प्रतिकुल अवस्थामा हामीहरु सकभर घरभित्र बसौं | केहि दिन वा हप्ता हामीले धैर्यता एबम आत्म अनुशाशन पालना गर्यौं भने आफु, आफ्नो परिवार र समुदायलाई बचाउन सक्छौं | भेटघाट, भोजभतेर, घुमफिर, पेशागत काम,अध्ययन आदि गर्नको लागि पनि हामीले स्वास्थ्य रक्षा गर्नुपर्दछ | महामारी नियन्त्रणमा आएपछि हामीले स्वतन्त्र जीवनमा रमाउन पाउनेछौं |

यसैपनि कोरोना संक्रमणको मृत्युदर नेपालमा १ % मात्र छ | अहिले पनि ९० % संक्रमित घरमै सामान्य उपचारले निको हुनुभएको छ | पोषिलो खाना, व्यायाम, तनाब ब्यबस्थापन, सकारात्मक सोंच आदिबाट हाम्रो रोगसंग लड्ने क्षमता बढ्दछ |
भारतमा देखिएको अक्सिजनको हाहाकार, मृतकको संख्या, अस्पताल तथा घाटको अवस्था देखेर हामी आत्तिनु पर्ने अवस्था हुँदैन | नेपालका अस्पताल संक्रमितले भरिए पनि निको हुने क्रम बढिरहेको छ | पुराना निको हुने तथा नयाँले त्यो ठाउँ पाउने क्रम चलिरहेको छ | त्यस्तै गाह्रो भएमा कोभिड अस्पतालका फिभर क्लिनिकमा गएर छातीको एक्सरे लगायतका परीक्षण गर्न सकिन्छ | उक्त परीक्षणबाट सामान्य अवस्था भएमा घरमै बसेर चिकित्सकको सल्लाह अनुसार उपचार गर्न सकिन्छ भने गम्भीर अवस्था भए अस्पतालमा ब्यबस्थापन हुन्छ |
समाचारको आतंकले गर्दा मनमा कोरोना बोकेर आत्तिनु हुँदैन |
.
अत्यावश्यक कामले घरबाहिर निस्किनु परेमा डबल मास्क लगाउने, भौतिक दुरी कायम राख्ने, भीडभाडमा नजाने तथा हातको निरन्तर सफाइ गर्नाले हामी संक्रमणबाट बच्न सक्छौं | उपचारभन्दा रोकथाम सजिलो र सस्तो छ | नाकमुनी वा चिउड़ोमा मास्क लगाएका व्यक्तिलाई हामीले नागरिक तहबाट पनि सम्झाउन सक्छौं | व्यक्ति व्यक्तिमा रोकथामको प्रयास हुने हो भने संक्रमण घट्दै जान्छ | परिस्थति जतिसुकै प्रतिकुल भएपनि मनस्थिति बलियो भयो भने हामी कोरोना भाइरससंग लड्न सक्छौं |