यो ३ महिना राजनीति, प्रतिष्पर्धा, व्यक्तिगत स्वार्थ तथा सबै द्वेष बिर्सेर नागरिकको जीवनरक्षामा सबैजना समर्पित बनौं !

डा.रबिन्द्र पाण्डे
यो ३ महिना राजनीति, प्रतिष्पर्धा, व्यक्तिगत स्वार्थ तथा सबै द्वेष बिर्सेर नागरिकको जीवनरक्षामा सबैजना समर्पित बनौं ! जो जहाँ छौं, त्यहिंबाट सक्दो भूमिका निर्वाह गरौँ ! महामारी नियन्त्रणमा राष्ट्रिय सहमति गरौँ ! महामारी नियन्त्रण, जनताको जीवनरक्षा र राहतको कामलाई नै राजनीति ठानौं !
.
३ महिनाले आकास झर्दैन, पाताल भासिदैन | यस्तो परिस्थितिमा सबै दल, सबै बिचार, सबै बर्ग, सबै तह एकठाउँमा हातेमालो गरौँ ! परिस्थिति सामान्य भएपछि आफ्नो बाटो लाग्नु त छंदैछ |