झापामा निषेधाज्ञा उल्लंघन, सम्पुर्ण अत्यावश्यक बाहेकका सेवा बन्द रहदा आवतजावतमा अझै कमि आएन !

युवराज रेग्मी
बैशाख २३ झापा/
बिश्वभर फैलीइरहेको कोरोना भाइरस कोभिड १९को दोस्रो लहरको बढ़दो प्रकोपले जनमानसलाई आक्रान्त पार्दैगर्दा कोरोना संक्रमण नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय झापाले आज बिहिबार देखि जिल्लाभर पूर्ण निषेधाज्ञा जारी गरेपनि निषेधाज्ञा उल्लंघनका घटना भने रोकिएका छैनन ।

मानिस हरुको अनावश्यक आबतजावत र सम्भाबित भिडलाई रोक्न स्थानीय प्रशासनले अत्यावश्यक बाहेकका सबै सेवामा रोक लगाए पनि सर्व साधारणहरु निर्वाध रुपमा सवारी साधन चलाएर हिडेको देख्न पाइन्छ ।

यता निषेधाज्ञा उल्लंघन गरेको भन्दै जिल्लाको दमक र गौरादह क्षेत्रमा प्रहरीले आज बिहीवार बिहान देखि कडा चेकजाच तथा कार्बाही शुरू गरेको छ । बिना स्वास्थ साबधानी फुटपाथमा सुरक्षाकर्मिको आँखा छलेर सागसब्जी बिकृ बितरण गरिदा मानिस हरुमा कोरोना संक्रमण बड्ने सम्भाबना प्रबल रहेको देखिन्छ ।

त्यसै गरि झापाको प्रमुख व्यापारीक केन्द्र बिर्तामोडमा निषेधाज्ञाको समयमा पनि सडकमा सर्वसाधारणको बाक्लै चहलपहल देखिएको छ ।
त्यसै गरि राजमार्गमा अत्यावश्यक बाहेका अन्य सवारी साधनहरू पनि दैनिक जस्तै निर्बाध रुपमा गुडिरहेको देखिन्छ ।

बिर्तामोडको मुक्ति चोंक , भद्रपुर रोड , कृषिथोक लाइनमा भिडभाड रहेको स्थानिय सन्चारकर्मिले हाम्राकुरालाई जानकारी गराएका छ्न ।
सर्वसाधारणहरु बिना काम यत्रतत्र हिडडुल गरेको पाइएपनी सामान्य सोधपुछ बाहेक सुरक्षाकर्मीले आवतजावतमा कडाइ नगरेको एक यात्रुले जानकारी गराएका छ्न ।

कोरोना संक्रमण जिल्लामा केही दिन यता व्हात्तै बढेर गएपछि जिल्ला प्रशासन कार्यालयले संक्रमण नियन्त्रणको लागि लगाएको निषेधाज्ञा कागजी मात्र भएको बुद्धिजिबि हरुको ठम्याइ छ ।

साथै बड्दो संक्रमणको जोखिम लाई मध्यनजर गर्दै आज बिहिबार झापाका प्रमुख जिल्ला अधिकारी श्रबणकुमार तिमल्सिनाको अध्यक्षतामा बसेको जिल्लाको कोभिड १९संकट ब्यबस्थापन समन्बय केन्द्रको बैठकले मेची अञ्चल अस्पतालमा कोभिड उपचारका लागि २५ बेडको HDU युनिट स्थापना गर्ने र त्यसका आबस्यक पर्ने जनशक्ति प्रदेश१ सरकार सामाजिक बिकास मन्त्रालय सग माग गर्ने निर्णय गरेको छ ।

साथै उक्त युनिटको नियमित सुरक्षाका लागि जिल्लाको चारआलि स्थित श्रीनाथ गण सग समन्वय गर्ने निर्णय बैठकले गरेको छ । आज झापा जिल्लामा १९० जना नयाँ संक्रमीत फेला परेका छन भने जिल्ला भर २ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
मृत्युु हुनेमा दमक ३ का ५३ बर्सिय पुरुष र मेचिनगर ६ का ४८ बर्सिय पुरुष रहेको स्वास्थ कार्यालय झापाले जनाएको छ ।