मोबाईलमा अश्लिल म्यासेज, श्रीमतीलाई बहिनी बनाएर यस्तो काम (भिडियो सहित)

अन्जुका श्रीमान नारायणप्रसाद पौडेलले आफूहरु फसेको पैसा उठाईदिन र न्याय दिन पत्रकार अपिल त्रिपाठीसंग पनि पुगेको बताउँछन् । गण्डकी छड्केमा कार्यक्रम प्रशारण गर्न आग्रह गर्दा त्रिपाठीले व्यक्तिगत लेनदेनेको बिषय भनेर नमानेको उनले स्पष्ट पारे ।
आफ्नी श्रीमती अन्जु पौडेल प्रयोग गरि यौन हिंसाको मुद्दामा फसाउने भन्दै पैसाको बर्गेनिङ गरेको केही व्यक्तिहरुले बताएका छन् । पोखराका बिजय दिप गैरे लगायतका व्यक्तिहरुले अन्जुले पैसाकै लागी नाटकीय रुपमा फसाउने गरेको आरोप लगाए । केही महिना अघि पोखराको एक सच्चाई केन्द्रमा अन्जु आफैले कपडा च्यातेर यौन दुव्र्यावहारको मुद्दा केन्द्र संचालकमाथी लगाएकी थिईन् पछि आरोप पुष्टी नभपछि कास्की प्रहरीले छाडेको थियो । अन्जुका श्रीमान आफैले पैसावालासंग व्यवसायीक सम्बन्ध राख्ने र श्रीमतीको मोबाईलमा आफैले अस्लील सन्देश पठाएर बार्गेनिग गरेको आरोप समेत लगाएका छन् भने उता नारायण पौडेल भने उनीहरुले नै आफ्नी श्रीमतीमाथी गलत नियत राखेको बताउँदै आएका छन् । हेर्नुहोस् यो भिडियो ।